भोजपुरको पर्यटकीयस्थल नागछाँगा आझेलमा

  • वैशाख २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको सरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ ।
गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर संरक्षणको थालेको हो । ढुङ्गाभरी जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा दर्शन गरे मनोकांक्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताए ।अनौठो प्राकृतिकस्वरुप रहेको धार्मिकस्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ ।

वडा नं ६ बैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमनामा पर्ने यो धार्मिकस्थल प्रर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेसँगै यसको प्रवद्र्धनका लागि प्रचारप्रसारमा जोड दिएको वडाध्यक्ष एकराज आचार्यले बताए ।नागछाँगा, गङ्गाखोला, गोल्मे राजागोल्मे रानीभीर, थामडाँडालगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसारमा वडा कार्यालयले काम गरिरहेको उनको भनाइ छ ।

नागछाँगाको किम्बतन्दीको खोज तथा अनुसन्धान गरिरहेको उनले बताए। ‘नागछाँगा एक ऐतिहासिकस्थल हो’ वडाध्यक्ष आचार्यले भने, ‘परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किम्बदन्ती पनि छ । यसको किम्बदन्तीको खोजीमा लागेको छौँ । यो स्थानको संरक्षणसँगै प्रचारप्रसारमा जोड दिएका छौँ ।’

पर्यटकलाई लक्षित गरेर नागछाँगासम्म पुग्ने पदमार्ग निर्माणसँगै शौचालय, विश्राम निर्माणलगायतको काम गरिएको गाउँपालिकाले अध्यक्ष थामबहादुर राईले जानकारी दिए । यो क्षेत्रको विकासका लागि विभिन्न आर्थिक वर्षमा करिब रु ६० लाख लगानी भइसकेको उनको भनाइ छ ।

‘स्थानीय सरकारको तर्फबाट यो क्षेत्रको विकासका तथा संरक्षणको काम गरिहेका छौँ’, अध्यक्ष राईले भने, ‘प्रसिद्ध धार्मिक क्षेत्र भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । हामी अहिले सरक्षणसँगै यसको महत्व उजागरका लागि जुटेका छौँ ।’गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ ।


स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकोले नागछाँगालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राईले बताए ।

खाँदबारीमा घरमै सुति ...

 तुम्लिङटार/ संखुवासभाको खाँदबारी नगरपालिका– ...

बस दुर्घटनामा ३ को म ...

उदयपुर/उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टा जाँदै गरेक ...

शिक्षक आन्दोलन तनाव ...

काठमाडौँ/ काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा शान्त ...

संसदमा लिङ्देनमाथि प ...

काठमाडौं/ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

koshipatra2075@gmail.com
purbibureau@gmail.com
newspurbibureau@gmail.com

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved