कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक

  • चैत २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/कोशी प्रदेश फुटबल संघले गत माघ २८ देखि फागुन ८ गतेसम्म सञ्चालन गरेको प्रिमियर लिग प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ।

धरान रंगशालामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्लाका क्लबहरूले सहभागिता जनाएका थिए।

बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत एन्फा टेक्निकल सेन्टर धरानमा प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरिएको हो।

कोशी प्रदेश फुटबल संघका कोषाध्यक्ष आनन्द चौधरीले प्रस्तुत गरेको आयव्यय विवरणअनुसार कुल ३६ लाख ६७ हजार आम्दानी र २९ लाख ८ हजार खर्च भएको छ।

उक्त हिसाबमा प्रतियोगिताबाट ६ लाख ९० हजार बचत भएको छ, जसमा एन्फाबाट अझै २ लाख आउन बाँकी रहेको बताइएको छ।

आयतर्फ, कोशी प्रदेश सरकारबाट २० लाख, अखिल नेपाल फुटबल संघ (एन्फा) बाट १५ लाख, गोर्खा ब्रुअरी र रेडबुलबाट समान ५०-५० हजार, धरानका पूर्व खेलाडीहरूबाट ३७ हजार र अन्य दाताहरूबाट ३० हजार प्राप्त भएको उल्लेख गरिएको छ।

व्ययतर्फ, नगद पुरस्कार वितरणमा ७ लाख ६५ हजार, पहाडी जिल्लाका क्लबहरूलाई तयारी खर्चमा थप सेवा रकम ४ लाख २० हजार, तराईका क्लबहरूलाई विशेष तयारी खर्च २ लाख, रेफ्री तथा म्याच कमिस्नरलाई ३ लाख ५० हजार, आयोजक समिति उपसमितिहरूलाई खान बस्न २ लाख खर्च भएको जनाएको छ।

त्यस्तै, प्रत्यक्ष प्रसारण तथा विज्ञापन मिडिया खर्च १ लाख ५० हजार, फ्लेक्स बोर्ड निर्माण १ लाख ५० हजार, कप, मेडल तथा प्रमाणपत्रका लागि १ लाख ५० हजार, उद्घाटन तथा समापन समारोह खर्च २ लाख ५० हजार, मेडिकल खर्च ५० हजार, आवतजावत तथा खाजा खर्च ६० हजार, आयोजक टिमलाई ट्याकसुटका लागि ७५ हजार र प्रमुख अतिथि सत्कार तथा मायाको चिनो वितरणमा ६० हजार खर्च भएको छ।

आयव्यय सार्वजनिक कार्यक्रममा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले ग्रासरुट फुटबलको विकास गर्न विभिन्न प्रतियोगिताहरू आयोजना गर्ने योजनाबारे चर्चा गर्दै, प्रदेश फुटबल संघले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने तथा खेलाडीलाई स्वरोजगार बनाउने अभियानलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved