गोधुली रनिङ कप: आज वडा नं. १५ र. ५ बीच सेमिफाइनल प्रतिस्पर्धा अग्रता जोगाउन नसक्दा बाहिरियो १८ नं. वडा, १७ सेमिफाइनलमा प्रवेश

  • चैत १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान / २५ औं संस्करणको  गोधुली रनिङ कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइलमा वडा नं. १५, ५, १४ र १७ नं. वडाले स्थान पक्का गरेका छन् ।

आइतबार सााँझ धरान १८ नं. वडालाई पराजित गर्दै १७ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुवातमा नै १८ नं. वडाले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा १८ नं. वडा प्रतियोगिताबाट बाहिरिएको छ ।

१८ नं. वडाका सलोन याक्खाले खेलको १७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको १८ नं. वडाले दोस्रो हाफमा २ गोल खान पुग्यो ।

१७ नं. वडाकालागी खेलको ४९ औं मिनेटमा कृष्ण राईले गोल गरेर खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

प्रतिष्पर्धात्मक खेलको ७० औं मिनेटमा सुशिल राईले गोल गर्दै १७ नं. वडालाई २–१ को जित दिलाए । सुशिल राई खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो ।

आज सोमबार साझ ७ बजे वडा नं. १५ र वडा नं. ५ बीच पहिलो सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।

चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइलनमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

धरानमा दीर्घरोगी लक् ...

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाज ...

शिक्षा–स्वास्थ्य ठप् ...

काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन् ...

धरानमा नेपालकै पहिलो ...

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय ...

दुबईमा नेपाल फेस्टिब ...

दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved