जोगवनीमा ह्वीलचेयरबाट ल्याइने सामानमा कडाई

  • चैत १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ ‘ह्वीलचेयर’को प्रयोग गरी अपाङ्गता भएकाले ठुलो परिमाणमा तस्करी गर्ने गरेको आरोप लागेसँगै पछिल्लो समय स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ ।

भारतको जोगवनीबाट दैनिक उपभोग्य वस्तु ल्याएर उनीहरूले विराटनगरका व्यापारीलाई बिक्री गर्ने गरेको थाहा भएपछि प्रशासनले कडाइ थालेको हो ।

उनीहरूले त्यसबापतको भन्सार महसुल तिर्दैनन्, व्यावहारिक समस्या हेरेर प्रशासनले पनि खासै वास्ता गरेको थिएन ।
तर, अपाङ्गता भएकाहरू भने सरकारले रोजगारीको ग्यारेन्टी नगरेका कारण जीविकोपार्जनका लागि सीमापारिबाट सामान ल्याएर बिक्री गर्नुपर्ने आफूहरूको बाध्यता रहेको बताउँछन् ।

उनीहरूले सरकारसँग रोजगारीको व्यवस्था गरिदिन माग राख्दै बुधवार विराटनगरमा पत्रकार सम्मेलन गरे ।

पत्रकार सम्मेलनमा उनीहरूले भने, ‘सरकारले रोजगारीको ग्यारेन्टी गर्नु प¥यो कि त भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु ल्याएर बिक्री वितरण गर्नलाई रोक लगाउन भएन ।

’विराटनगरका अरुण साहले जीविकोपार्जनको वैकल्पिक व्यवस्था नभएका कारण खाद्यान्नलगायतका वस्तु ओसारपसार गर्नुपर्ने अवस्था रहेको बताए । तर, प्रहरीले कडाइ गरेपछि जीविकोपार्जनमै समस्या हुन थालेको उनको भनाइ छ ।

प्रहरी प्रशासनले एउटा समूहलाई मात्रै सधैँ कडाइ गर्ने गरेको गुनासो अपाङ्गता भएकाहरूको छ । उनीहरूले सरकारसँग रोजगारीको माग गरेका छन् । सरकारले रोजगारीको ग्यारेन्टी गरिदिए ‘तस्करी’ गर्न छाड्ने उनीहरूको अडान छ ।

विराटनगरका सञ्जय थापाले सबैलाई एकैखालको व्यवहार गर्नुपर्ने बताए । ‘हामी विराटनगरलगायत आसपासका व्यक्ति हौँ । जो भए पनि नेपाली नागरिकलाई समान व्यवहार गरिएको छैन ।

हामी जोगवनीबाट दैनिक उपभोग्य वस्तु ‘ह्वीलचेयर’मा ल्याएर विराटनगरका विभिन्न किराना पसलमा दिन्छौँ र केही पैसो कमाउँछौँ । जसले गर्दा हाम्रो घरपरिवार चलेको छ । हामीहरू २ नम्बरी (तस्करी)को काम गरेर सामान ल्याउँदैनौँ । तर, पनि प्रहरी प्रशासनले सधैँ हामीलाई नै समस्यामा पार्छ,’ उनले भने ।

रानी नाकामा पछिल्लो केही समयदेखि वीरगन्जबाट आएकाले र भारतीयले ‘ह्वीलचेयर’मा सामान ओसारपसार गर्ने गरेको गुनासो अपाङ्गता भएकाहरूको छ ।

उनीहरूले विराटनगरका व्यापारी विनोद केसरी र मुकेश केसरीका लागि काम गर्दै आएको थापाले बताए ।अपाङ्गता भएकाहरूले विराटनगर महानगरपालिका र सिडिओ कार्यालय (जिल्ला प्रशासन कार्यालय)मा बारम्बार समस्या राख्दासमेत बेवास्ता गरिएको गुनासो पोखे ।

सम्बन्धित निकायको बेवास्ता र आफूहरूलाई दिएको अनावश्यक दुःखका कारण आन्दोलित हुनुपर्ने अवस्था आएको उनीहरूले बताए ।

‘वीरगन्ज र जोगवनीबाट आएकालाई कारबाही गरिदिन माग गर्दै निवेदन दिएका छौं । उनीहरूलाई केही गरिएन । हामीलाई अनावश्यक दुःख दिने काम भयो । त्यही भएकाले आन्दोलन घोषणा गरिएको हो,’ साहले भने ।

उनले अपाङ्गता भएका व्यक्तिहरूको सन्तानका लागि निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुका साथै अपाङ्गता भएकालाई सरकारले रोजगारीको व्यवस्था गरिदिए ‘ह्वीलचेयर’मा सामान ओसारपसारको काम छाड्ने बताए ।

‘सरकारले आयआर्जनको वैकल्पिक बाटो बनाइदिनु पर्छ । नत्र हामीले कसरी बाँच्ने ?,’ उनले प्रश्न गरेका छन् ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved