धरान/ नेपाल–भारत मैत्री संघ सुनसरीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाको प्रमुख आतिथ्यमा धरानको भानुचौकमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त रक्तदान कार्यक्रममा ६१ पिण्ट रगत संकलन भएको आयोजक नेपाल भारत मैत्री संघ सुनसरीका अध्यक्ष सरोज श्रेष्ठले बताए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ विरामीहरुका लागि रगतको अभावलाई पूरा गर्न ‘रक्तदान नै जीवन दान’ भन्ने मूल नारालाई सार्थकता दिँदै रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रमुख अतिथी भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले रतmदान कार्यक्रम आयोजना गरेर मानबीय सेवाको काम गरेको प्रति खुलेर प्रशंसा गरे ।
उनले भने,‘कोशी प्रदेशका १४ जिल्लाका सम्पूर्ण पेन्सनरहरुलाई हेर्ने मात्र नभएर हामीले सप्तरी, सिराहा, रामेछाप, जनकपुरका पेन्सनरहरुलाई पनि धरानकै अफिसले सेवा प्रवाह गरिरहेको छ,नेपाल भारत मैत्री संघले भारतको ७८ औ स्वतन्त्रता दिवस अन्यत्र पनि यसैगरि सुजनात्मक काम गरेर मनाउन पनि आग्रह गर्दछु।’
कार्यक्रमको सभाअध्यक्ष तथा नेपाल–भारत मैत्री संघका सुनसरी अध्यक्ष सरोज श्रेष्ठले कार्यक्रमका प्रमुख अतिथी र अतिथी लगायतलाई संवोधन गर्दै नेपाल र भारतको संवन्ध सुमधुर संवन्ध भएको बताए ।
दुई देश वीचको संवन्ध रोटी र बेटीको संवन्ध रहेको बताउँदै दुई देश वीचको संवन्धलाई अझै प्रगाढ पारेर अघि वढ्नु पर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको सहकार्यमा आयोजित नेपाल भारत मैत्री संघ सुनसरीका अध्यक्ष सरोज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा संघका उपाध्यक्ष कृष्णकुमार अग्रवाल, नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका सभापति उमेश थापा,
सुनसरी उद्योग वाणिज्य संघका सभापति विजय श्रेष्ठले पनि नेपाल भारत सम्बन्धको चर्चा गर्दै ७८ औं स्वतन्त्रता दिवसको भारत ससकार, भारतीय नागरिकलाई शुभकामना दिए ।
रक्तदान कार्याक्रमको सह आयोजकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समिति सुनसरी र धरान सिटी कलेज रहेको थियो ।
भिडियो :