बिक्न छोड्यो घ्यु र चीज

  • कार्तिक १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  चाडपर्वको समयमा पनि नौंनी घ्यु र चिज अपेक्षा भन्दा थोरै बिक्री हुँदा इलामका डेरी उद्योगहरु समस्यामा परेका छन् ।

व्यावसायीहरु अधिक उत्पादन र न्यून बिक्रीको समस्या भोग्ने अवस्थामा पुगेपछि उनीहरुले बजारको चिन्ता गर्न थालेका छन् ।

दुधको राजधानी भनेर चिनिदै आएको कोशी प्रदेशको इलाममा उत्पादन भएको चिज र घ्युले बजार नपाउँदा उत्पादकहरु समस्यामा परेका हुन् । डेरी उद्योगहरुले ६ महिना यता घ्यु र चिज स्टोरमै थन्क्याएर राख्न बाध्य भएका छन् ।

इलाममा डेढसय बढी डेरी उद्योगहरु सञ्चालनमा छन् । अधिकांश डेरीहरुमा कम्तिमा पाँच हजार किलो देखि १८ हजार किलो नौंनी र चीजको ‘स्टक’ रहेको दुग्ध व्यावसायी संघले जनाएको छ । सबै डेरीहरुले किसानबाट दुध संकलन गरी घ्यु, चीज र छुर्पी उत्पादन गर्दै आएका छन् ।

तर पछिल्लो समय छुर्पी बाहेक अन्य उत्पादनको बिक्री निराशाजनक रहेको छ ।
संघका अध्यक्ष जगत महतले वैशाख महिना यता घ्यु र चीज बिक्री हुनै नसकेको बताए ।

उनले भने, ‘छिमेकी मुलुक भारतबाट सस्तो मूल्यमा दुध र घ्यु आयात भइरहेको भन्ने सुनिन्छ, त्यही कारणले पनि नेपाली उत्पादन स्टोरमै थन्किने अवस्था आएको हुनसक्छ, नौनी घ्यु बढीमा चार महिना मात्र राख्न सकिने र त्यस अवधिमा बिक्री नभए नष्ट गर्नुपर्ने हुन्छ ।’

दश वर्ष यता दुधबाट बनेको परिकारको व्यवसाय गर्दै आएका इलाम नगरपालिका स्थित सेतो पहाड डेरीका सञ्चालक मिलन खत्रीले आफ्नो डेरीमा करिब चार हजार किलो घ्यु स्टक रहेको बताए । उपभोक्ताबाट कम माग आउँदा उत्पादन बिक्री नभएको उनको भनाइ छ ।

गत वर्षसम्म नेपाली बजारमै खपत भइरहेको चीजसमेत यो वर्ष बिक्री हुन नसकेको नेपाल डेरी एसोसिएसन इलामका अध्यक्ष लक्ष्मी थापाले बताए ।

थापाले भने, ‘प्रदेश सरकार र संघीय सरकार दुवैले बजारमा सहयोग नगरे व्यवसायीलाई मात्र नभएर किसानलाई समेत असर पर्ने निश्चित छ ।’

पानबारी गोल्डकपः पहि ...

धरान/ धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपमा न ...

बीपीका मजदुरहरु आन्द ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved