वडावासीले सांसदसंग भने बाटो बनेन "वडाको विकास र समन्वयका लागि साझा अवधारणा सार्वजनिक"

  • कार्तिक १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान वडा नम्बर २० स्थित चिण्डे डाँडा, बाघखोप, कोलडाँडा र शूलीकोटवासीले आफुहरुको प्राथमिकता सडक पूर्वाधार रहेको बताएकाछन् ।

सुनसरी क्षेत्र नम्बर १ [ख] का प्रदेश सांसद विजय राईसंग गुनासा राख्दै यस ठाउँको समस्याहरु धेरै रहेको भएपनि सडक बाटो नहुँदा वडावासीले सबैभन्दा धेरै सास्ती पाएको दुखेसो गरेकाछन् ।

मंगलबार बाघखोप भ्रमणमा रहेका सांसद राई सहितका टोलीलाई स्थानीय जगत राईले यस वडाका समस्याहरु धेरै भएपनि मूल समस्या बाटोको स्तरोन्नती रहेको बताउनुभयो । अहिले हामीलाई अरु धेरै विकास चाहिएको छैन बाटो पक्की भएहुन्छ वहाँले भन्नुभयो ।

स्थानीय पदम तामाङले अरुबेला दुखसुख धरान बजार झरिएकैछ तर, वर्षकाबेला हामीलाई यो बाटो काल जत्तिकै हुन्छ । युवाहरु रोजगारीका लागि बजार झर्नुपर्ने हुन्छ, बालबालिका बजारकै विद्यालयहरुमा पढ्न झर्नुपर्ने हुन्छ तर, सडकमा पानीको भल बगिरहेकोहुन्छ यो नै हाम्रो मूख्य समस्या हो ।

सांसद राई सहित नेकपा ९एमाले० कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई, प्रदेश सदस्य लहरुमाया जिमी, सञ्चारकर्मीहरु विकास चाम्लिङ, रामकृष्ण खड्का २० नम्बर वडाका पूर्व अध्यक्ष मनीराम राई सहित बाघखोप पुगेका थिए ।20

 

सो अवसरमा भेला भएका स्थानीयले वडाका गुनासो सुनाएका थिए ।

स्थानीय युवाहरु विजय तामाङ, बुद्ध तामाङ, सुजन तामाङ, ऋषि राई लगायतले २० नम्बर वडालाई स्थानीय, प्रदेश र संघिय सरकारले उपेक्षा गरेको बताए । पर्यटकिय र धार्मिक रुपले पनि सम्भावना बोकेको विष्णुपादुकालाई वास्ता नगरिनु दुर्भाग्य भएको गुनासो गरे ।

ऐतिहासिक शूलीकोट, सिद्धपोखरी विष्णुपादुका लगायतका पुरातात्विक महत्वका स्थलहरु यही वडामा रहेको भएपनि वडाको विकासमा कसैले ध्यान नदिएको बताएका थिए ।

स्थानीयका जिज्ञासाको समाधान गर्दै सांसद राईले आफुले काम सुरु गरेको ९ महिना मात्रै भएको र यसबीचमा राजनीतिक आरोहअवरोहका कारण काम गर्न नसकेको बताउँदै वडाको विकासमा आफु दत्तचित्त भएर लागेको बताउनु भएकोछ ।
सांसद राईले आर्थिक वर्ष ८०/८१ को बजेटमा झोलु¨े पुलदेखि शूलीकोटसम्मको बाटोको स्तरोन्नतीका लागि बजेट परेको बजनाउदै अन्य धेरै योजनामा वडा नम्बर २० लाई समेटेको बताउनु भयो । धेरै योजनाहरु प्रदेश सरकारको रातो कितावमा परिसकेको र भविष्यमा पनि वडाको विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेकपा ९एमाले० प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राईले सांसद, पार्टी र स्थानीयले पालना गर्ने साझा अवधारणा प्रस्तुत गर्नुभएको थियो ।

जस अनुसार रातो कितावमा परेका योजनाहरुलाई समयमै सम्पन्न गर्न सबैले पहलकदमी गर्ने, प्रदेश सरकारका अन्य स्रोतहरुको खोजी गरि वडाको विकासमा संलग्न रहने, स्थानीय जनता र वडाका समस्याहरुको पहिचानका लागि समय समयमा सांसदले वडाको भ्रमण गर्ने, वडाको विकासका लागि सर्वपक्षिय र सर्बदलिय प्रयत्नमा वडा समिति, उपमहानगरपालिका, प्रदेश र संघ सरकारसंग पहल गरिरहने र वडाका समस्याहरुको समाधान र विकासका लागि प्रदेश सांसद सचिवालय, स्थानीय र पार्टिका नेतृत्वबीच निरन्तर समप्र्क र समन्वय गर्ने रहेकोछ ।wa20

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved