‘पार्टीले अन्याय गरे पनि जनताले न्याय गर्छन्’

  • बैशाख १७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

कृष्णप्रसाद भट्टराई धरान उपमहानरपालिका वडा नं. १४ का निवर्तमान अध्यक्ष हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भारी मतले निर्वाचित बनेका भट्टराई पार्टीले पुनः टिकट नदिएपछि असन्तुष्ट बन्दै राजेन्द्र लिंङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सोही वडाको वडाध्यक्षमा उमेद्वारी दिएका छन् । पा“च बर्षे कार्यकालमा कोरोना संक्रमण लगायत विविध कारणले घोषणापत्रमा उल्लेख भएका कुराहरु ७५ प्रतिशत पूरा गरे पनि २५ प्रतिशत मात्र बा“की रहदा पुनः दोहो¥याएर बा“की रहेको कामलाई पूरा गर्ने अभिलाषा राखेका थिए । तर पार्टीले टिकट नदिए पछि उनी रुष्ट बन्दै राप्रपाका तर्फबाट उमेद्वारी दिएका हुन् । पार्टीले टिकट नदिए पनि वडावासीले दोहो¥यउन आग्रह गरेपछि जनचाहना अनुरुप पुनः वडाअध्यक्ष दोहो¥याउन उममेदवारी दिएका छन् । वडा नं. १४ का लागि लोकप्रिय नेताको रुपमा चिनिएका उनै भट्टराईसंग कोशीपत्र राष्ट्रिय दैनिकले स्थानी निर्वाचनको पेरिफेरिमा रहेर गरिएको कुराकानीको सम्पादित अंशः

● नेपाली कांग्रेसबाट रुष्ट भएर राप्रपाबाट उमेद्वारी किन दिनुभयो ?
      म नेपाली कांग्रेसमा प्रतिबद्ध मान्छे हुँ । यति हुँदा हुँदै पनि नेपाली कांग्रेसको सिस्टम, पद्धति गलत भएका कारण मैले राष्ट्रिय प्रजातन्त्रबाट उमेद्वारी दिएको हु“ । २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित भएपछि वडाको काममा दत्तचित्त भएर काम गरे । त्यसबेला नेपाली कांंग्रेस १४ नं. का सर्वसाधारणले अत्याधिक वहुमतले विजयी गराए । उहाँहरुलाई म धन्यवाद पनि दिन चाहन्छु । अर्को कुरा के हो भने निर्वाचित भएपछि पाचबर्षको कार्यकालमा एक बर्ष सिक्न नै समय लाग्यो, त्यसपछि कोरोना महामारीले काम गर्न कठिन भयो । कोरोनाको समयमा सर्वसाधारणको घर घरमा पुगेर उनीहरुको अवस्था बुझे । वडामा अधिकांशले कृषि पेशालाई अंगालेका छन्, त्यसबेला उनीहरुलाई गाई वस्तुलाई खुवाउने चोकर नपाएको पीडा, घास, दाना नपाएको पीडा, कुखुराले दाना नपाएको कुराले मलाई छोयो । कोरोनाको समयमा कोही घरबाट बाहिर पनि निस्किन नसकिने अवस्थामा मैले आफ्नो ज्यानको प्रवाह नगरी, परिवारको प्रवाह नगरी हरेक सर्वसाधारणको घर घरमा पुगेर आवश्यकता अनुसार सहयोग गरे । समय छोटो भएकोले मैले काम पूरा गर्न नपाई अवधि समाप्त भयो, मेरो कामहरु अधूरा रहे । वडामा पानीको सबैभन्दा समस्या रहेको छ । यसको विकल्प खोजेर भएपनि पानी खुवाउने काम गरियो । यस्तै स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रको विकाससँगै आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने कोशिश गरियो । काम गर्दा गर्दै समय सकिएपछि यहाँका वडाबासीमात्र हैन धरानका समग्रले तपाई फेरि दोहोरिनुपर्छ, तपाईले थालेको काम पूरा गर्नुपर्छ भने, पुनः दोहोरिन बारम्बार आग्रह गर्दा पनि मलाई पार्टीले टिकट दिएन । जनताको आग्रह अनुरुप पार्टीले टिकट नदिएपछि मैले विकल्पको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेद्वारी दिएको हु“, काम गर्नेलाई पार्टी ठूलो कुरा होइन, सबैको आग्रह अनुरुप नै मैले ०७९ साल वैसाख ३० गते हुने स्थानीय निर्वाचनका लागि फेरि वडाबाट उमेद्वारी दिएको हु, मेरो इच्छाले भन्दा पनि वडावासीको चाहनाले हो, उहाँहरुले तपाई जसरी पनि आउनुपर्छ, वडाको विकासको लागि तपाई आउनु भएन भने विकासमा पछाडि पर्छ भन्ने कुरा सबैतिर आउन थालेपछि म निर्वाचनमा पुनः होमिएको हु“ ।

● अर्को पार्टीबाट उठ्दा नि जित्छु भन्ने आधार के छ ?
      म हरेक जनताको मनमा बसेको छु, मैले काम गरेर देखाएको छु, जनताको आवश्यकता अनुसार उहाँहरुको लागि लडाई नै गरेर पूरा गर्ने काम गरेको छु, ०७४ सालको विजयपुर र त्यस पछिको विजयपुरमा तपाई आफै फरक पाउनुहुन्छ । विकास नभएको भए यस्तो हुन्थ्यो र ? वडाको समाजिक, आर्थिक, पूर्वाधारको क्षेत्रमा आवश्यकता अनुसार काम गरे । मैले हरेक सर्वसाधारणको घर घरमै पुगेर उहाहरुका समस्या बुझेर काम गरेकै कारण सबैले मलाई रुचाए । फेरि उठ्न आग्रह गरे, पार्टी आस्था जसको जहा होस् तर वडाका सर्वसाधारणले एक भोट हलोमा छाप लगाएर कृष्ण भट्टराईलाई जिताउनुपर्छ भन्नुहुन्छ, यसैको आधारमा पनि मैले उमेद्वारी दिएको हूँ । पार्टीले मलाई अन्याय ग¥यो गरेन म त्यो आफ्नो ठाउँमा छ, जनताले मलाई अन्याय गर्दैनन् भन्ने म पूर्ण रुपमा विश्वस्त छु ।

● कांग्रेसले टिकट नदिनुको कारण के हो त ?
       मैले पार्टीमा झुकिन होला, पार्टीसंग सहकार्य गरेर जान जानिन होला, म त राजनीतिक प्राणी पनि होइन, विगतमा विजेता बनेर आएपछि सपथ खादा जनताको काम गर्छु भनेर आएको हुँ, म राज्यको से्वा सुविधा लिन आएको होइन, म जनताको काम गर्न आएको थिए, यस पटक पनि मलाई जनताको काम गर्न इच्छा थियो, जनताको इच्चा पूरा गर्न पनि मैले उमेद्वारी दिएको हु“ ।

● पुनः विजयी हुन्छु भन्ने कत्तिको विश्वास छ ?
      मैले सबैभन्दा राम्रो काम भनेको हाम्रा अभिभावक, अग्रजहरुको सेवामा तल्लिन रहें । हरेक बर्ष यहाका अग्रजहरुको लागि मोतियाविन्दुको शल्यक्रिया गदैै आएको छु । रेडक्रसदेखि मठमन्दिरसम्म जाने बाटो निर्माण, शिक्षामा भित्ता पाखाका सर्वसाधारणका छोराछोरीले आइटी क्लास पढ्नुपर्छ, भनेर त्यसको व्यवस्था गरिरहेका नै छौं, त्यो मात्र हैन धरान १४ स्वास्थ्यको हिसाबले पनि धेरै काम भएका छन् । यहा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरी उपचारसंगै ४६ प्रकारका औषधिहरु निःशुल्क वितरण गरिरहेका छौं । बालबालिकाको लागि पनि हामीले धेरै काम गरेका छौ । ०७५ सालमा बालमैत्री घोषणा गरियो । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विजयपुरलाई लिने गरिएको छ । यस क्षेत्रको अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रचारमा गुरु योजना बनाएर अगाडि बढिरहेका छौै, त्यो पूरा हुन सकेको छैन, यी यस्ता धेरै कामहरु पूरा गर्न बाकी छ, यी कुराहरु पूरा गर्न पनि उमेद्वारी दिनुपर्छ मेरो इच्छासँगै वडावासीले अनुरोध गरे । धरान उपमहानगरपालिकाले दिएको सिलिङ बजेट अपुग हुने गथ्र्यो, बजेटको पीडामा हामीले कामलाई निरन्तरता दिदै आएका थियौ, वडामा भएका सामाजिक, आर्थिक तथा भौतिक संरचना निर्माणमा उल्लेख्य विकास भएको छ । विकास गरेकै कारण वडावासीले मनैदेखि कृष्ण भट्राई जुनसुकै चिन्ह लिएर आएपनि हामी भोट दिएर जिताउछौ भनेर मलाई आर्शीवाद दिनुभएको छ । कृष्ण भट्टराईलाई हामी जिताउछौं भन्ने आवाज टोलटोल, घरघरबाट उठेको छ, तपाई फेरि पनि जनप्रतिनिधि भएर आउनुपर्छ भन्ने कुरा उहाँहरुले गरेकै कारण मैले दोहो¥याएर उमेद्वारी दिएको छु यो नै मेरो विजयको सुनिश्चित हो भन्ने मलाई लाग्छ ।

● तपाईले गर्नुपर्ने कामहरु बाँकी चाहि“ के के छन् त ?
      म विगतमा पनि आश्वासन बाडेर आएको होइन, अहिले पनि आश्वासन बाड्दिन । म यहाबाट भेडेटार केवलकार सञ्चालन गर्छु भनेर भन्दिन“, वडामा सबैभन्दा समस्या रहेको खानेपानी समस्या समाधान मेरो पहिलो प्राथमिकतामा पर्छ । पानीको अभाव हुन दिन्नं, दोस्रो कुरा स्वास्थ्यको पहुँच धेरैमा छैन, यस्ता पहुँच नपुगेकाहरुको समयमा उपचार नपाएर अकालमा मृत्यु भएको पाएको छु । मैले वडाबाट ५० हजार रुपैया बराबरको सर्वसाधारणलाई औषधि उपचार गर्ने लक्ष्य राखेको छु । अर्को कुरा सामुदायीक विद्यालय नगरपालिका अन्तर्गत भएको हुनाले सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनको लागि त्यहाँ कार्यरत शिक्षकहरुलाई प्रोत्साहन गरेर ट्युशन क्लासका कुराहरु लिएर हामी अगाडि बढिरहेका छौं । अर्को कुरा यो धार्मिक वडा भएपनि धार्मिक पर्यटनको क्षेत्रमा क्यास गर्न सकिएको छैन । यसलाई धार्मिक पर्यटनको क्षेत्रमा क्यास गर्न सकियो भने धरान १४ मात्र हैन धरान उपमहानगरपालिकाभित्र रहेका धेरै वडाहरुमा यसै वडाको बजेटले विकास गर्न पुग्छ । त्यसैले यसको पहिचान स्थापना गर्न पनि अगाडि बढिरहेका छौं । विजयपुरलाई धार्मिक पर्यटनको हिसाबले विकास गरेर लाने कुरामा पनि मेरो प्राथमिकता भित्रमा पर्छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved