धनकुटामा १५ मतदान स्थल अति संवेदनशील

  • चैत २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान  । स्थानीय तहको निर्वाचन नसकिदै जादा चुनावी सरगर्मी बढ्दै गएको छ । यसै क्रममा पूर्वी पहाडी जिल्ला धनकुटामा चुनावी सरगर्मी बढ्न थालेको छ ।

निर्वाचनका बेला जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा सुरक्षा व्यवस्था बलियो बनाउने जनाएको छ ।

धनकुटामा रहेका एक सय १८ मतदानस्थल मध्ये निर्वाचनमा सुरक्षा दृष्टिले १५ वटा मतदान स्थललाई अति संवेदनशील, ४९ वटा मतदान स्थललाई संवेदनशील र ५४ वटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, निर्वाचनको समयमा द्वन्द्व हुने स्थान, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए । उनले भने–‘हामीले भौगोलिक अवस्थालाई हेरेर सुरक्षा संयन्त्र अपनाउने भएका छौ, चुनावलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्ने वातावरण तयार गर्दैछौं ।’

अति संवेदनशील मानिएको स्थानमा निर्वाचन विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइने धनकुटाका प्रहरी उपरीक्षक एसपी लक्ष्मीराज अधिकारीले बताए ।

निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी करिब २५ सय जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

धनकुटामा १ सय १८ मतदानस्थल तथा १ सय ५९ मतदान केन्द्र रहेका छन । जसमा सहिदभूमि गाउँपालिकामा १३ मतदानस्थल र १८ मतदान केन्द्र, चौबिसे गाउँपालिकामा २१ मतदानस्थल र २४ मतदान केन्द्र, छथर जोरपाटी गाउँपालिकामा १२ मतदानस्थल र १७ मतदान केन्द्र र धनकुटा नगरपालिकामा १५ मतदानस्थल र २८ मतदान केन्द्र रहेका छन ।

यस्तै पाख्रिवास नगरपालिकामा १५ मतदानस्थल र २१ मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा २१ मतदानस्थल र २६ मतदान केन्द्र र साँगुरीगढी गाउँपालिकामा २१ मतदानस्थल र २५ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved