अनावश्यक विद्युत आपूर्ति कटौती नगर्न माग

  • चैत १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । उद्योगमा विद्युत अवरोध नगर्न उद्योगी व्यवसायीहरुले माग गरेका छन् ।

कोरोना संक्रमणका समयमा व्यवसाय नै धरापमा परेको स्मरण गराउदै सहज परिस्थिति भइसक्दा पनि विद्युत आपूर्ति बन्द हुदा व्यवसायीहरु थप मारमा परेको बताएका छन् ।
नेपाल उद्योग परिषद् प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै सरकारसँग विद्युत कटौती नगर्न माग गरेका हुन् ।

विज्ञप्तीमा भनेका छन् ‘गत मंगलवार देखि ३ दिनसम्म भारतबाट आयातित विद्युत आपूर्ति प्राधिकरणले ठप्प पारिदिनाले उद्योग कलकारखाना बन्द गर्नु परेको अवगत गराउन चाहन्छौ । विगत लामो समयदेखि तरलताको चरम अभाव, परिवर्तित वैंकिङ नीति, वढदो व्याजदरले प्रभावित भईरहेको उद्योग व्यवसाय क्षेत्र, पूर्वसूचना विना नै अचानक विद्युत अवरुद्ध हुदा थप प्रताडित भएका छौ ।’
उनीहरुले विदेशबाट आयात विद्युत आपूर्तिमा भर नपरी स्वदेशमै विद्युत उत्पादन गरी व्यापारी व्यवसायीलाई सहज वातवारण बनाइदिन माग गरेका छन् ।

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘पछिल्लो समयमा प्रायः दैनिक जसो सरकार तथा सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीहरुबाट नेपालमा प्रसस्त विद्युत उत्पादन भइरहेको र उद्योग व्यवसायको माग बमोजिम विद्युत आपूर्ति हुन्छ भन्ने आश्वासन दिएका कारण उद्योगी व्यवसायीहरुले लगानी गरिरहेका छौ ।’

उनीहरुले उद्योगीहरुलाई चाहिने जति विद्युत आपूर्ति नहुँदा उद्योग सञ्चालनमै समस्या हुदै गएको बताउदै अहिले त्यस अनुरुपको उद्योग आपूर्ति गर्न सरकारले नसकेको उनीहरुहरुको भनाई छ । उनीहरुले भने–‘हिजोसम्म मागे जति विद्युत दिन्छौ, हामी विद्युत निर्यात गर्ने अवस्था पुग्यौ भन्ने सरकार आज भारतबाट एकदिन विद्युत आपूर्ति अवरुद्ध हुदा सबै औद्योगिक क्षेत्र ठप्प पार्नुपर्ने अवस्थाले उर्जाको वास्तविक क्षमता उजागर गरेको छ । यस तर्फ सबै सम्बद्ध पक्ष जिम्मेवार हुनुपर्छ ।’

उनीहरुले वर्तमान चूनौतिपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धित निकायले जिम्मेवारी एवं जवाफदेहिता बहन गर्दै विद्युत आपूर्ति अवरुद्ध हुँदा उद्योग व्यवसाय ठप्प हुने भएकोले यसबाट राष्ट्रले व्यहोर्नुपर्ने क्षतिलाई मध्यनजर गर्दै हाल देखिएको उर्जा संकटलाई अविलम्व समाधान गर्न उनीहरुले माग गरेका छन् ।

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved