सुकुम्बासीलाई हटाए आन्दोलनको चेतावनी

  • चैत ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेत्र विक्रम चन्द (विप्लव) मा आवद्ध नेपाल कम्ष्युनिस्ट पार्टीले सुकुम्बासीलाई हटाउने निर्णयको विरोध गरेको छ । उनीहरुले मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै २०७२ साल पछिका सुकुम्बासीलाई उपमहानगरपालिकाले हटाए कडा आन्दोलन गर्ने चेतानी दिएका छन् ।

पार्टीका धरान नगर सेक्रेटरी सुवास राईले धरानको नमुना सुन्दर बस्तीबाट २०७२ सालपछिको सुकुम्बासीलाई हटाए आन्दोलन गर्ने चेतावनी दिएका छन् उनले भने–‘ धरान वडा नं ११ र १७ मा रहेको नमुना सुन्दर वस्तीमा बसोबास गर्ने २०७२ सालपछिका सुकुम्बासीलाई हटाउने दुस्साहस गरे हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौ ।’

उनले गरिब तथा सहायहरुको सहयोगमा राज्य लाग्नुपर्नेमा उल्टै उनीहरुलाई उठीबास लगाउन खोज्न ठीक नभएको बताए । उनले भने–‘यस क्षेत्रमा करिब एक हजार घर परिवार रहेका छन्, यहाबाट उनीहलाई उठाएर उनीहरुको बासस्थान नै सकिन्छ, अहिले धरान उपमहानगरपालिका, राजनैतिक दलहरुले बस्ती खाली गर्न अनेक प्रपञ्च रचेका छन्, यसको हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्छ ।’

राईले गरिब तथा सहायका लागि स्थानीय सरकार कहिल्यै गम्भीर नभएको आरोप लगाए । उनले संघीयता आएसँगै तीनै तहका सरकारको पहिलो काम भनेको जनतालाई सुरक्षित बसोबास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूरा गर्नुपर्नेमा बसिरहेका सुकुम्बासी घरपरिवालाई उठाउनु जायज नभएको बताए । उनले भने–‘यो निर्णयबाट उपमहानगरपालिका र राजनीतिक दलहरुको पछाडि हँट्नुपर्छ, नहटे हामी सुकुम्बासी बस्तीको पक्षमा रहेर जस्तोसुकै कडा आन्दोलन गर्न पनि तयार छौं ।’

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved