होलि मिलन तथा पदस्थापन सम्पन्न

  • चैत २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीको दुहबी नगरपालिकाका रौनियार सेवा समितीका नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर ५ स्थित साह सेवा समितीको सभाकक्षमा होलि मिलन तथा पस्थापन सम्पन्न भएको हो । जय प्रकाश रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि दुहबी नगरपालिकाका नगर प्रमुख बेद गच्छदार रहेका थिए ।

प्रमुख अतिथि गच्छदारले नव निर्वाचित पदाधिकारीहरु सहयोगिदाताहरुलाई सम्मान गरेका थिए । रौनियारले समितीको सामुदायिक भवन बनाउन ५ कठ्ठा जग्गा दान दिएका थिए भने गणेश प्रसाद रौनियार र सियाराम रौनियार १ लाख ११ हजार १ सय ११ रुपैयाका दरले सहयोग गरेका थिए । अन्य ५ जना दाताहरुले ५१ हजारका दरले सहयोग गरेका थिए ।

३ बर्ष कार्यकालको लागि जय प्रकाश रौनियारको अध्यक्षतामा १५ सदस्यीय मुल समिती चयन गरिएको छ भने बन्दना रौनियारको अध्यक्षतामा १६ सदस्यीय महिला मन्च चयन गरिएको छ । यसैगरी प्रमोद रौनियारको अध्यक्षतामा १६ सदस्यीय युवा मञ्च गठन गरिएको छ साथै बिजय रौनियार सहितको ४ सदस्यीय सल्लाहकार समिती चयन गरिएको छ । होली मिलन तथा पदस्थापनमा इनरुवा, झुम्का बिराटनगर लगायतका स्थानका रौनियार समितिका पदअधिकारीहरुको उपस्थिती रहेको थियो ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved