सामाजिक सुरक्षाभत्ता अनियमितता आरोपमा अख्तियारको छानबिन

  • फागुन १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सामाजिक सुरक्षाभत्ता अनियमितता भएको विषयमा खोटाङको साकेला गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

एकै आर्थिक वर्ष ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्ता अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि साकेला गाउँपालिका आफैंले कारबाहीका लागि अख्तियारमा पत्राचार गरेको थियो । गत १२ पुस २०७७ मा सम्वन्धित कागजातको फायल अख्तियारको कार्यालय इटहरीलाई पठाएको थियो ।

आर्थिक वर्ष २०७६–०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो । मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा गतल कागजपत्र बनाएर सामाजिक सुरक्षा चुहावट भइरहेको पाइएपछि स्वयं गाउँपालिकाले दिएको उजुरीका आधारमा आयोगले फिल्डमै उपस्थित भएर छानबिन थालेको हो । आयोगको टोलीले मंगलबार देखि साकेला गाउँपालिका–४ मात्तिम र साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङबाट छानबिन थालेको हो ।

गाउँपालिकाले पठाएको प्रतिवेदनमा उल्लेखित लाभग्राहीको नामावलीमाथि अख्तियारले विस्तृत अनुसन्धान थालेको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए । सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको बाहिरिएपछि गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा गठित छानबिन समितिले एकै आर्थिक वर्ष लाखौं रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

सामाजिक सुरक्षाभत्ता शीर्षकको लाखौं रकम चुहावट भइरहेको प्रतिवेदन सार्वजनिक भएलगत्तै गाउँपालिकाले आर्थिक वर्ष २०७७–०७८ को दोस्रो चौमासिकदेखि ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम नेपाल एसबीआई बैंक साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइसकेको छ ।

सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रणका लागि बैंकिङ प्रणाली अपनाइएपछि आर्थिक वर्ष २०७७÷०७८ को दोस्रो र तेस्रो चौमासिकमा ४६ लाख ७४ हजार ७ सय ६६ रुपैयाँ रकम बेरुजु खातामा फिर्ता गएको गाउँपालिकाले जनाएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved