सर्दुजलाधार क्षेत्र सरसफाई

  • फागुन १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानको मुख्य पानीको सोत सर्दु जलाधार क्षेत्रमा शनिवार सरसफाइ गरिएको छ ।
धरान उपमहानगरपालिकाको आयोजनामा विभिन्न जातीय संघसंस्था, सामाजिक संघ संस्थाको सहकार्यमा सरसफाई कार्यक्रम गरिएको हो । धरान १३ वेसक्याम्पबाट शुरु गरिएको सरसफाई कार्यक्रम सुनसरीको सीमा पर्ने सागुँरीगढी गाउँपालिकाभित्र पर्ने धनकुटाको भेडेटारसम्म सरसफाई गरिएको हो ।
पर्यटकीय क्षेत्रमा बढेको फोहोरले वातावरण प्रदूषण बढेको खानेपानीको मुहानमा समेत प्रदूषण हुदै गएकोले जलाधार क्षेत्रमा सरसफाइ गरिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । उनले भने, ‘धरान लगायत आसपासका क्षेत्र पर्यटकीय क्षेत्र भएपनि जथाभावि फोहोर फालेर वातावरण नै प्रदूषित भएपछि विभिन्न जातीय संघसंस्था तथा सामाजिक संघसंस्थासँग समन्वय गरेर सरसफाई गरिएको हो ।’ उनले सरसफाई कार्यक्रमलाई निरन्तता दिने बताए ।

1 4 2

सरसफाइ कार्यक्रममा किरात राई यायोख्खा, तामाङ घेदुङ, सेवक अभियान लगायतका संघ संस्थाबाट खटिएका स्वयम्सेवकले सडक तथा वरपर रहेका फोहोर सरसफाइ गरिएको थियो । सरसफाइका क्रममा धरानदेखि भेडेटार क्षेत्रमा बढी मात्रामा वियरका बोतल, प्लास्टिकजन्य सामाग्री पाइएपछि मेयर राईले त्यहा आसपासमा खुलेका होटलहरुलाई जथाभावि नफाली व्यवस्थित गरेर राख्न अनुरोध गरेका थिए ।

सरसफाइसँगै फोहोर वस्तुलाई डिस्फोज समेत गरिएको थियो । किरात राई यायोख्खाका अभियन्ता राजेन्द्र राईले भेडेटारदेखि धरानसम्मको फोहोरले धरानको वातावरणलाई प्रदूषित गरेको बताए । उनले भने, ‘यो क्षेत्रको सरसफाइविना धरानेहरु स्वस्थ र स्वास्थ्कर जीवन बाच्नै सक्दैनन, त्यसैले यो अभियानलाई निरन्तता दिनुपर्छ ।’

सेवक अभियानका अध्यक्ष राजीव हलुवाइले पर्यटकीय क्षेत्र स्वच्छ भए मात्र आन्तरिक तथा वाहय पर्यटक भित्रिने भएकोले विगतदेखि नै सेवक अभियानले सरसफाई अभियानलाई तिब्रता दिएको बताए । उनले भने, ‘हामीले हाइकिङसँगै सरसफाइ अभियानलाई निरन्तता दिँदै आएका छौ, उपमहानगरपालिकाले पनि हाम्रो समन्वयमा यो काम शुरु गरेको छ, यसलाई निरन्तता दिनुपर्छ भन्ने हाम्रो पनि मान्यता छ ।’

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved