धनकुटा । धनकुटामा आगो सल्काउने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ ।
धनकुटाको पाख्रिवास नगरपालिका ९ की ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको सोमबार जलेर मृत्यु भएको हो ।
आफ्नै घरमा बिहान १० बजे को समयमा चुल्होममा आगो सल्काउने क्रममा उनले लगाएको कपडामा आगो सल्की घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए सँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली गई प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पुर्याइएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।