धरान । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा सुनसरीमा पत्रिका वितरण गर्दै आएका २ जना हकरलाई साइकल प्रदान गरेको छ ।
प्रेस चौतारी सुनसरीले शनिबार एक कार्यक्रमको आयोजना गरि धरान र इटहरीका लामो समय देखि विभिन्न पत्रिका वितरण गर्दै आएका दुई जनालाई साइकल प्रदान गरेको हो । कार्यक्रममा धरानमा विगत १५ बर्षदेखि पत्रिका ग्राहकहरुको घरमा पुर्याउदै आइरहेका ५० बर्षीय बद्री राई र उदयपुर घर भई इटहरीमा विगत ८ बर्षदेखि पत्रिका वितरण गर्दै आइरहेका कल्याण राईलाई चौतारीले साइकल वितरण गरेको हो । उनीहरु दुवै जनालाई नेकपा एमाले केन्द्रीय महासचिव शंकर पोख्रेलले चाबी हस्तान्तरण गरेका थिए ।
प्रेस चौतारीकी अध्यक्ष सुभद्रा प्याकुरेलले पत्रिका घरमा पुर्याउदै आएका वितरकलाई सहजताको लागि वितरण गरिएको बताइन् । पत्रिका आम पाठकमाझ पुर्याउन महत्वपुर्ण भुमिका हुने तर आवश्यक साधनको अभावले हकरहरु समस्यामा हुने भएकोले साइकल वितरण गरिएको उनले बताइन् ।