सुनसरीमा दुई जना पत्रिका वितरकलाई साइकल प्रदान "प्रेस चौतारीको स्थापना दिवस"

  • माघ २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा सुनसरीमा पत्रिका वितरण गर्दै आएका २ जना हकरलाई साइकल प्रदान गरेको छ ।

प्रेस चौतारी सुनसरीले शनिबार एक कार्यक्रमको आयोजना गरि धरान र इटहरीका लामो समय देखि विभिन्न पत्रिका वितरण गर्दै आएका दुई जनालाई साइकल प्रदान गरेको हो । कार्यक्रममा धरानमा विगत १५ बर्षदेखि पत्रिका ग्राहकहरुको घरमा पुर्याउदै आइरहेका ५० बर्षीय बद्री राई र उदयपुर घर भई इटहरीमा विगत ८ बर्षदेखि पत्रिका वितरण गर्दै आइरहेका कल्याण राईलाई चौतारीले साइकल वितरण गरेको हो । उनीहरु दुवै जनालाई नेकपा एमाले केन्द्रीय महासचिव शंकर पोख्रेलले चाबी हस्तान्तरण गरेका थिए ।

प्रेस चौतारीकी अध्यक्ष सुभद्रा प्याकुरेलले पत्रिका घरमा पुर्याउदै आएका वितरकलाई सहजताको लागि वितरण गरिएको बताइन् । पत्रिका आम पाठकमाझ पुर्याउन महत्वपुर्ण भुमिका हुने तर आवश्यक साधनको अभावले हकरहरु समस्यामा हुने भएकोले साइकल वितरण गरिएको उनले बताइन् ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved