उखुबारी हत्या प्रकरणमा थप दुई जना पक्राउ

  • माघ २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । व्यवसायीक साझेदारको हत्या गरि मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा शव गाडेको घटनामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोलाका ३३ बर्षीय मेहमद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिका ६ जिरोगौवाका १८ बर्षीय मोहमद हकिम रहेका छन् । उनीहरुलाई शुक्रबार राती मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरुले हत्या गरेपछि उखुबारीमा खाडल खन्न सहयोग गरेको घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले जानकारी दिए ।

धनपालथान ७ स्थित उखुबारीमा माघ १२ गते र १३ गते दुई वटा अलग अलग खाल्डोमा हत्या गरि गाडेको अवस्थामा २ वटा शव फेला परेको थियो । प्रहरीका अनुसार पहिलो दिन सप्तरीको शम्भुनाथ नगरपालिका ४ का ३२ बर्षीय शम्भुकुमार चौधरी र दोस्रो दिन धरान ३ घर भई हाल भक्तपुर लोकन्थली बस्दै आएका ४८ बर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो ।

घटनामा अनुसन्धान गर्दै जादा प्रहरीले ललितपुरको गोदावरीमा ६३ बर्षीय मोहन लिम्बुको पनि शव गाडेको अवस्थामा भेटेको थियो । मोरङ प्रहरीले विहिबार हत्याका मुख्य योजनाकार अनिलकुमार मण्डल सहित ३ जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको थियो । जग्गा कारोबार, हाइड्रोलगायतको कारोबारको कमिशन हत्याउन मण्डलले आफ्नै व्यवसायिक साझेदारहरु शम्भुकुमार, राजेन्द्रकुमार र मोहनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

ललितपुरको क्यान्सर अस्पताल नजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाए वापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिशन’ एक्लै हत्याउन मण्डलले फरक फरक मितिमा तीन जना साझेदार साथीको हत्या गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको हो । मण्डलले आधा दर्जन भाडाका पेसेवर अपराधि झिकाएर एउटै शैलीमा साथीहरुको हत्या गर्न लगाएको प्रहरीले जनाएको छ ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved