धरान÷ जाडो वढे संगै धराने कफि पारखिहरुको लागि सुगर एण्ड स्पाइस क्याफे खुल्ने भएको छ । धरान ११ स्थित रागा चौकमा कफीपारखीहरुलाई लक्षती गरी क्याफे सञ्चालनमा आउन लागेको हो ।
धरन ११ निवासी कुन्साङ गुरुङले आफ्नै करिब ४० खाल रुपैंयाको लागत कफी सप सञ्चालनमा ल्याउन लागेकी हुन् ।
यहीँ माघ १९ गतेदेखी सपको ट्रायाल ओपनिङको रुपमा सुरुवात गर्न लागीएको सञ्चालक गुरुङले बताइन् । “कोभिड महामारीका कारण सरकारले भिडभाड हुने कार्यक्रमहरुको सञ्चालनमा गर्न लोगाएसँगै सामान्यरुपमा सञ्चालनमा ल्याउन लागेका हौं कोरोनाको जोखीमा कम भएसँगै ग्राण्ड ओपनिङको तयारीमा रहेका छौं । ”सञ्चालन गुरुङले भनिन् ।
आफ्नै निवासमा खोलिएको हुनाले क्याफेमा आउने ग्राहकहरुले फेमिलि इन्भाइरोमेन्टमा वसेर कफि र फुडको स्वाद लिन सक्नेछ । तिस वटा कफिको स्वाद संगै धरानमा पहिलो पटक टिवेटियन मम र इम्प्रोभाइज गरिएको पिज्जाको स्वाद लिन सकिने संचालक गुरुङले वताइन ।
संचालक गुरुङले नर्सिङ कोर्ष गरेकि हुन । तर कोरोनाको महामारि वढे संगै काम गर्ने अवस्था नभएपछि उनि व्यवसाय तर्फ लागेकि वताउछिन । कोरोनाका कारण रोजगारी गुमेका करिव १५ जनाले सपमा रोजगार प्रदान गरेकी सञ्चालक गुरुङले कोरोनाका कारण वेरोजगार रहेकाहरुलाइ सहयोग पुग्ने उनको भनाई छ । अवस्थामा सुधार आएपछि आफ्नो पेशा संगै व्यावसायलाइ पनि संगै वढाउने उनले वताइन ।