इटहरीका कार्कीले जिते टिभिएसको शतप्रतिशत क्यास ब्याक

  • माघ १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । टिभिएसको सरप्राइज योजना अन्तर्गत इटहरीका कुमार कार्कीले सत प्रतिशत क्यास ब्याक हात पारेका छन् ।

गोलाप्रथा मार्फत कार्कीले शतप्रतिशत क्यास ब्याक जितेका हुन् । उनले जगदम्बा मोटर्सका इटहरीका आधिकारिक विक्रेता पारस अटोमोबाइल्सबाट टिभिएसको स्कुटी खरिद गरेका थिए । कार्कीले एनटिओआरक्यु डिस्क खरिद गर्दा शतप्रतिशत क्यास ब्याक पाएका हुन् । टिभिएसले दशैँ, तिहार र छठलाई लक्षित गर्दै सरप्राइज योजना ल्याएको थियो । ६ पटकसम्म उपहार जित्न मिल्ने उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल बिभिन्न आकर्षक उपहारहरु प्राप्त गरेका थिए । योजना गत भदौ १६ बुधबार बाट शुरु भइ मंसिर १४ गते मंगलवार समाप्त भएको थियो ।

योजना अवधी भरि सम्पूर्ण बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथा मार्फत हरेक शुक्रवार साँझ ६:४५ बजे हिमालयन टीभी बाट प्रशारण भएको थियो । जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।

नेपालभर १ सय ४५ भन्दा बढी डिलरहरुको राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा पकड राख्न सफल भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

भारतमा बन्धक बनाइएका ...

काठमाडौँ/  आकर्षक रोजगारीको झुटो आश्वासनमा भा ...

सुनसरीमा सर्पले टोके ...

सुनसरी/  सुनसरीको कोशी गाउँपालिका–८ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved