सडक वनाउन ठेकेदारको लापरवाही

  • माघ १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मोरङको रंगेली नगरपालिका स्थित मंङ्गलबारे देखि वडा नम्बर २ सम्मको सिमानामा रहेको नहरको पश्चिम तर्फ सडक बिस्तारमा गुणस्तरहिन काम भइरहेको खुलेको छ ।

हुलाकी सडकलाई जोड्न ५ किलोमिटर सडक निर्माण गर्नका लागि जगदम्बा बिपिन कन्ट्रक्सन रंगेली १ ले ठेक्का पाएको थियोे । नगरपालिकाले कम्पनीलाई नगर भित्रको पाँच स्थानमा कामका लगि नगरले ७२ लाख रुपैयाँमा ठेक्का दिएको छ । ठेक्केदार कम्पनीले सडक बिस्तर गर्ने क्रममा नहरको पश्चिमी पट्टि माटोको प्रयोग गरेर सडक चौडाई गर्नु पर्ने ईस्टिमेटमा भए पनि जगदम्बाले वालुवा हालेर सडक चौडाई गरे पछि स्थानीय आक्रोशित भएका छन् ।

स्थानीयले नगरपालिकाका ईन्जिनियर श्याम सिंहलाई सडकको कमशल काम गरेको जानकारी गराए पनि अहिले सम्म कुनै सुनवाइ नभएको स्थानीयले आरोप लगाएका छन् । ठेक्केदार कम्पनीले सडक निर्माण कार्य सुरु गर्नु भन्दा अघि सुचना पाटीमा जानकारी राख्नुपर्ने हुन्छ तर ठेकेदार कम्पनीले सुचना पाटीनै नराखि काम सुरु गरेको छ ।

सडकमा कमशल काम भएको आरोप लागे पछि जगदम्बा विपिन कन्ट्रकसनका प्रमुख दुर्गा भट्टराईले आफूहरुले वालुवा नहालेर माटो नै प्रयोग गरेको भन्दै पन्छिएका छन । अहिले वालुवा हालिएको ठाउँमा स्थानीयले बिरोध गरेपछि पुन: चिम्टाईलो माटो हालेर वालुवालाई धमाधम छोप्ने कार्य समेत भईरहेको भेटिएको छ ।

यता नगरपालिका ईन्जिनियर श्याम सिंहले वालुवा नहाल्न आग्रह गरेको भएता पनि ठेक्केदारले अटेर गरेर वालुवा हालेको हुनाले कार्वाहीका लागि पत्र काटने बताए । स्थानीयले भने ठेक्केदारले सडकमा हालेको वालुवा ननिकाले सम्म काम अगाडि नवडाउन स्थानीयले नगरपालिका तथा विभिन्न स्थानमा निवेदन दिईने सुभाष सिग्देलले बताए ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved