धरान । मोरङको रंगेली नगरपालिका स्थित मंङ्गलबारे देखि वडा नम्बर २ सम्मको सिमानामा रहेको नहरको पश्चिम तर्फ सडक बिस्तारमा गुणस्तरहिन काम भइरहेको खुलेको छ ।
हुलाकी सडकलाई जोड्न ५ किलोमिटर सडक निर्माण गर्नका लागि जगदम्बा बिपिन कन्ट्रक्सन रंगेली १ ले ठेक्का पाएको थियोे । नगरपालिकाले कम्पनीलाई नगर भित्रको पाँच स्थानमा कामका लगि नगरले ७२ लाख रुपैयाँमा ठेक्का दिएको छ । ठेक्केदार कम्पनीले सडक बिस्तर गर्ने क्रममा नहरको पश्चिमी पट्टि माटोको प्रयोग गरेर सडक चौडाई गर्नु पर्ने ईस्टिमेटमा भए पनि जगदम्बाले वालुवा हालेर सडक चौडाई गरे पछि स्थानीय आक्रोशित भएका छन् ।
स्थानीयले नगरपालिकाका ईन्जिनियर श्याम सिंहलाई सडकको कमशल काम गरेको जानकारी गराए पनि अहिले सम्म कुनै सुनवाइ नभएको स्थानीयले आरोप लगाएका छन् । ठेक्केदार कम्पनीले सडक निर्माण कार्य सुरु गर्नु भन्दा अघि सुचना पाटीमा जानकारी राख्नुपर्ने हुन्छ तर ठेकेदार कम्पनीले सुचना पाटीनै नराखि काम सुरु गरेको छ ।
सडकमा कमशल काम भएको आरोप लागे पछि जगदम्बा विपिन कन्ट्रकसनका प्रमुख दुर्गा भट्टराईले आफूहरुले वालुवा नहालेर माटो नै प्रयोग गरेको भन्दै पन्छिएका छन । अहिले वालुवा हालिएको ठाउँमा स्थानीयले बिरोध गरेपछि पुन: चिम्टाईलो माटो हालेर वालुवालाई धमाधम छोप्ने कार्य समेत भईरहेको भेटिएको छ ।
यता नगरपालिका ईन्जिनियर श्याम सिंहले वालुवा नहाल्न आग्रह गरेको भएता पनि ठेक्केदारले अटेर गरेर वालुवा हालेको हुनाले कार्वाहीका लागि पत्र काटने बताए । स्थानीयले भने ठेक्केदारले सडकमा हालेको वालुवा ननिकाले सम्म काम अगाडि नवडाउन स्थानीयले नगरपालिका तथा विभिन्न स्थानमा निवेदन दिईने सुभाष सिग्देलले बताए ।