‘बजेट सानो भएकाले विकाशे काम गर्न सकेन’

  • पुस १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ समृद्ध समाज निर्माण गर्दै अधिकतम रोजगारी सिर्जना गर्न दक्ष प्राबिधिक जनशक्तिको अधिकतम र उचित उपयोग गर्न आवश्यक रहेको प्रदेश नम्बर १ का मुख्य मन्त्री राजेन्द्र कुमार राइले बताएका छन् ।
“समृद्ध प्रदेशको निर्माणमा बिज्ञान तथा प्रविधिको भुमिका” नारा सहित आधुनिक माइक्रोबायोलोजिका पिता तथा बैज्ञानिक लुइस पास्चरको १९९ औ जन्म जयन्ती कार्यक्रममा मुख्यमन्त्रीले कार्यक्रममा मुख्यमन्त्री राईले कलेजको भौतिक पूर्वाधार लगायतका अन्य कुरामा सहयोग गर्ने आश्वासन दिए । तर क्याम्पसले अपेक्षा गरे अनुसार सहयोग गर्ने अवश्था अहिलेको प्रदेश सरकार सँग नरहेको उनको भनाई छ । प्रदेश सरकारले पुँजीगत खर्च भन्दा पनि चालुखर्च बढी रहेकाले सबै किसिमका विकाशे कामहरु गर्न नसकेको उनले बताए । उनले भने, आर्थिक अवश्था कमजोर छ, सिंगो बजेटनै आम्दानी भन्दा ऋणात्मक धेरै छ, त्यसैले प्रदेशको बजेट पनि सानो छ ।’ संघीय सरकारले अधिकार आफैमा राखेर थोरै मात्रै प्रदेशलाई दिदाँ बजेटमा समस्या आएको उनले बताए ।

उनले भने, ‘प्रदेशको विकाशे बजेट १२ अर्बको मात्रै छ, अरु काम गर्न पनि धेरै छ, बजेट सानो छ, त्यसैले प्रदेशले ४ वर्षमा एउटा पनि स्वास्थ्य चौकी बनाएको छैन्, शैक्षिक संस्था पनि बनाएको छैन्, सबै भन्दा माग हुने स्वास्थ्य, शैक्षिक भवन बनाउन सकेको छैन् ।’ तथापि क्याम्पसको सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश भित्रका सबै क्याम्पसहरुको बिकाशमा प्रदेशले अभिभावकत्वको भुमिका निर्वाह गर्नु पर्ने क्याम्पस प्रमुख डा दिल कुमार लिम्बुले बताए । लिम्बूले कलेजका लागि अध्यापक अभाव रहेको जानकारी गराउँदै पार्टटाइम अध्यापकले अहिले काम चलाइरहनु परेको गुनासो गरे । उनले भने, ‘सरकारले बिएससी न्युट्रीसन, डाइटिसियन विषयमा पास भएका विद्यार्थीहरुका लागि लोकसेवा नखुलाइदिँदा समस्या भएको छ ।’ उनले प्रदेश सरकारले केन्द्रसम्म पहलकदमी गर्दै कम्प्युटर ल्याब, साढे ३ करोडमा छात्राबास निर्माण सकिन लागेकाले त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारमा सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा कोरोनाको पहिलो चरणमा ५ हजारभन्दा बढी स्वाब संकलन गरेका विद्यार्थी आशिष प्रधान, आकृति गुरुङ, मोजेश चौधरी, मिशा शाक्यलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई पनि प्रमुख अतिथि मुख्यमन्त्री राईले सम्मान गरेका थिए । त्यस्तै क्याम्पसमा बिगत लामो समय देखि सेवा प्रदान गरेका प्राध्यापकद्वय डा. पशुपति मिश्र, गिता भट्टराई, कर्मचारी सुर्य प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई मुख्यमन्त्री राइले सम्मानपत्र, दोसल्ला ओढाएका थिए ।
कार्यक्रममा क्याम्पसको मिसन, भिजन र गोलका बारेमा सहायक क्याम्पस प्रमुख वबिता अधिकारीले कार्यपत्र प्रस्तुत गरेकी थिईन् । कार्यक्रम माइक्रोबायोलोजी विभागीय प्रमुख धिरेन लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved