धरान/ धरान–१२ को अल्पाइन अन्तर्राष्ट्रिय नमुना विद्यालय (एम्स एकेडेमी) ले आफ्ना अग्निपीडित विद्यार्थीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
एम्समा विज्ञान सङ्कायतर्फ कक्षा १२ मा अध्ययनरत् धरान–६ मा पर्ने पानबारीको चोक्टीका ज्ञानेन्द्र खड्काको परिवारलाई विद्यालयले बिहीबार साढे ३५ हजार रुपैयाँ सहयोग गरेको छ । विद्यार्थीहरूबाट १७ हजार तथा शिक्षकहरू र क्याम्पसबाट साढे १८ हजार रुपैयाँ थप गरी पीडित विद्यार्थीको परिवारलाई सहयोग गरिएको एम्समा व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले जनाए ।
संयोजक सुवेदीसहित गएको क्याम्पस परिवारले घरमै पुगेर विद्यार्थीका हजुरबुबा रामबहादुर खड्कालाई सहयोग प्रदान गरेको हो । त्यति ठुलो क्षति भएको अवस्थामा सानै भए पनि सहयोग गरेको सुवेदीले बताए । मानवीय कर्तव्य सम्झिएर थोरै भए पनि सहयोग गरेको उनको भनाइ छ । उनले यसमा सहयोगका लागि विद्यार्थी तथा शिक्षक–कर्मचारीहरूलाई पनि धन्यवाद दिए ।
गत मङ्सिर १६ गते भएको आगलागीमा खड्का परिवारको घरसहित घरका सबै सामान जलेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ । त्यसको भोलिपल्ट नै संयोजक सुवेदीले खाद्यान्न र अत्यावश्यक सामग्री गरी व्यक्तिगत रूपमा १२ हजार रुपैयाँ बराबरका राहत घरमै पु¥याइदिएका थिए ।