नेपाल विजनेस कलेजले शुरु गर्यो बीआईटी

  • मंसिर २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगर ११ मा रहेको नेपाल विजनेस कलेजले चालु शैक्षिक सत्रदेखि व्याचलर इन इन्फर्मेशन टेक्नोलोजी (बीआईटी) सुरू गरेको छ ।

कलेजका निर्देशक दीपक कोइरालाले मलेसियाको लिंकन विश्वविद्यालयको सम्बन्धनमा बीआईटी अध्यापन सुरू गरिएको जानकारी दिए ।
बीआईटीका लागि छ सेमेष्टरमा प्रति विद्यार्थी जम्मा ५ लाख १६ हजार रूपैयाँ लाग्ने जनाइएको छ । सोही रकमबाट चौथौं सेमेष्टरमा थाइल्याण्डमा शैक्षिक भ्रमणसमेत राखिएको छ । यस शैक्षिक सत्रमा बीआईटीका लागि कलेजले ३६ जनाका लागि कोटा तोकेको छ ।

कलेजमा हाल चार वर्षे बीबीए र एमबीए अध्यापन हुँदै आएको छ । निर्देशक कोइरालाले बीबीए र एमबीए अध्ययनरत रहेका धेरै विद्यार्थीहरूको विभिन्न बैंक तथा वित्तीय संस्था र कम्पनीहरूमा रोजगारी सुनिश्चित भइसकेको बताए ।

उनले नेपाल बिजनेस कलेजमै अध्ययन गरेका पारूल अग्रवाल हाल भारतको बैंगलोरस्थित बहुराष्ट्रिय कम्पनी ब्रिटानिया इण्डष्ट्रिज र रेश्मा कार्की चेन अस्पतालका रूपमा सञ्चालित भारतकै एम्स अल्मुनाई अस्पतालमा कार्यरत रहेको जानकारी दिए ।

सञ्चालक समिति अध्यक्ष डा भेषप्रसाद धमलाले कलेजबाट उत्तीर्ण भएका विद्यार्थीहरूले आफ्नो जीवनमा पर्याप्त रूपमा क्षमता प्रदर्शन गरेको दाबी गरे । उनले वर्तमान समय सूचना प्रविधिको युग भएकोले कलेजले समय सुहाउँदो रूपमा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्न बीआईटी सुरू गरेको बताए ।

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

‘एसईई स्पिकर–२०८१’ स ...

धरान/ एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved