आदर्श खानेपानीद्वारा ‘मिनिरल वाटर’ उत्पादन गर्ने तयारी

  • मंसिर १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र/ आन्तरिक आम्दानी बृद्धि गर्दै स्थानीयलाई रोजगारी दिने उद्देश्यमा साथ बराहक्षेत्र स्थित आदर्श खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मिनिरल वाटर उत्पादन गर्ने भएको छ ।
वराहक्षेत्र २ पुनरवासमा रहेको खानेपानी उपभोक्ता समितिको बुधबार सम्पन्न ११ औं बार्षिक साधरणसभाले मिनिरल वाटर उत्पादन गर्न आवश्यक कामहरु सुरु गर्ने निर्णय गरेको हो । मिनिरल वाटर उत्पादन गर्ने कानुनी प्रक्रिया, बोरिङ, पानी प्रशोधन, बोतल प्याकेजिङ्ग, बजारीकरणका अध्ययन लगायतका कामहरु अघि बढाउने निर्णय भएकोे समितिका सचिव लालकुमार राईले बताए ।

दैनिक २४ घण्टानै पानी बितरण गर्दै आएको समितिले पानीको उत्पादन क्षमता धेरै भएका कारण मिनिरल वाटर उत्पादन गर्ने योजना बनाएको समितिका अध्यक्ष समेत रहेका वराहक्षेत्र वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईले बताए ।
भट्टराईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव राईले आर्थिक वर्ष २०७७÷०७८ को आय ÷ व्यय प्रस्तुत गरेका थिए । समितिले १ करोड ३६ लाख १ हजार ३ सय २५ रुपैयाँ आय र ७९ लाख ८ हजार ६ सय ५६ रुपैयाँ खर्च गरेको र ५३ लाख २ हजार ६ सय ६९ रुपैयाँ नगद मौज्दाद रहेको सचिव राईले वताए ।

सभाको प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल रहेका थिए । सभामा वराहक्षेत्र नगर कार्य पालिका सदस्य धनकुमारी गहतराज, तोरिवारी खानेपानि तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देल लगायतको उपस्थिती
रहेको थियो ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved