प्रदेश १ मा कोइराला–पौडेल पक्षकै वर्चश्व "बाह्र जिल्लाको मतपरिणामः देउवा–५, पौडेल –६, सिटौला १"

  • मंसिर १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ का विभिन्न जिल्लामा सम्पन्न भएको अधिवेशनको परिणामले यो प्रदेशमा संस्थापन पक्षको राम्रो उपस्थिति देखिएको छ । १३ औं महाधिवेशनसम्म कोइराला–पौडेल पक्षको निकै राम्रो पकड थियो ।

कोइरालाहरुको अधिक प्रभाव रहेको मानिएको मोरङमा समेत दोसो चरणको चुनावमा देउवा खेमाका सभापतिका उमेदवार दिलिप गच्छदारले टक्कर दिने देखिएको छ । उनलाई सभापतिको उमेदवारबाट पहिलो चरणबाट बाहिरिएका कृष्ण सिटौलमा समूहका यदु विष्टले साथ दिएपछि देउवा पक्ष केही सहज अवस्थामा पुगेको हो ।

अघिल्लो अधिवेशनमा प्रदेश १ का १० जिल्लामा भएको कांग्रेस अधिवेशनमा देउवा पक्षले ओखलढुंगामात्र सभापति जितेको थियो । तर, यो पटक भने देउवा पक्षको प्रभाव बढेको देखिएको छ । अघिल्लो अधिवेसनमा एक जिल्ला मात्रै जित्न सकेको देउवा पक्षले अहिले ५ जिल्लाका सभापतिमा जित हात पारेका छन् ।

हालसम्मको निर्वाचन परिणाम हेर्दा अहिलेसम्ममा प्रदेश १ का १२ जिल्लाको नतिजा आएको छ । यसमा देउवा पक्षले ५, पौडेल –कोइराला पक्षले ६ र कृष्णप्रसाद सिटौला पक्षले १ जिल्लामा सभापति जितेका छन् । केन्द्रीय सभापतिका दाबेदार मानिएका डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, महेश आचार्य, विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाललगायत नेताहरुको गृहजिल्लामा आ–आफ्नो प्रभाव पार्ने उमेदवारको पक्षमा खुलेका छन् ।

कांग्रेसको हालसम्म जिल्लामा सकिएको अधिवेशनको परिणामअनुसार देउवा (संस्थापन) पक्षबाट ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ, ओखलढुङ्गामा तेजेन्द्र खनाल, पाँचथरमा रूपनारायण जबेगु र इलाममा डम्बर खड्का, उदयपुरमा हिमाल कार्की सभापतिमा विजयी बनेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला पक्षबाट सुनसरीमा केदार भण्डारी, संखुवासभामा दीपक खड्का, भोजपुरमा विनोद बान्तवा, तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाम्फे, खोटाङमा विष्णु राई, सोलुमा बिनोद बस्नेत सभापतिमा विजयी बनेका छन् । झापामा कृष्णप्रसाद सिटौला निकट देउमान थेवे विजयी भएका छन् ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved