सभापति छान्न मोरङमा दोस्रो चरणको निर्वाचन

  • मंसिर १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ ।
तीन जनामध्ये कुनै उमेदवारको पनि वहुमत नआएपछि फेरि निर्वाचन हुने भएको हो । कांग्रेसको संशोधित विधान अनुसार सभापतिले बहुमत प्राप्त गर्न बदर बाहेक खसेको मतको कम्तिका ५१ प्रतिशत ल्याउनु पर्छ । तर, आइतबार भएको निर्वाचनमा मोरङका कुनै पनि सभापति उमेदवारको बहुमत आएन ।

अबेर रातिदेखि शुरु गरिएको मत गणनाअनुसार सभापतिमा डिगबहादुर लिम्बूले १ हजार ५ सय ४४, दिलिप गच्छदारले १ हजार १ सय ५९ र यदुकुमार विष्टले ५ सय ६३ मत प्राप्त गरेका छन् । तेस्रो स्थान ल्याएका बिष्ट अब चुनावी प्रक्रियाबाट बाहिरिने छन् । अब गच्छदार र लिम्बूबीच प्रतिस्पर्धा हुनेछ ।

मंगलबार चुनाव गर्ने तय भएको जिल्ला सचिव मोदराज घिमिरेले बताए । आइतबार कांग्रेस पदाधिकारी चयन गर्न भएको मतदानमा जम्मा ३ हजार ४ सय १२ मत खसेकोमा १४७ भएको थियो ।
मोरङको नेतृतवको लागि सभापतिमा लिम्बूलाई कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालको समर्थन छ । गच्छदार देउवा पक्षीय नेताहरुको साथ र समर्थनमा चुनावी मैदानमा उठेका छन् । बिष्ट नेता कृष्णप्रसाद सिटौलाको समर्थनमा उठेका थिए । उनले विराटनगरमा सोमबार साँझ पत्रकार सम्मेलन गरी देउवा पक्षबाट उठेका दिलिप गच्छदारलाई आफू र आफ्नो समूहले सघाउने घोषणा गरेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved