र्यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी

  • मंसिर ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

चितवन। नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि चितवनमा बृहत् मोटरसाइकल र्याली गरिएको छ ।

युवा सङ्घ नेपाल चितवनको आयोजनामा गरिएको ¥यालीमा दुई हजार बढी मोटरसाइलक सहभागी भएका आयोजकले जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवाहरु एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर -यालीमा सहभागी भएका हुन् । आज दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल ¥यालीले भरतपुर महानगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको छ ।

एमाले महाधिवेशने प्रचार प्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको ¥याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा आएर समापन भएको थियो ।

IMG_9004 IMG_9018

युवा सङ्घ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल ¥यालीको आयोजना गरिएको बताए । भरतपुरसँग जिल्लाका अन्य पालिकाहरुमा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल -याली निकालिएको केसीको भनाइ छ ।
नेकपा एमालेको केन्द्रीय निर्देशन अनुसार आज नवलपुर, मकवानपुर सहित देशका मुख्य सहरहरुमा युवा संघले मोटरसाइकल -याली निकालेको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved