उद्यमशिलको कारोबार डेढ अर्ब

  • मंसिर ५, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब ६६ करोड ८६ लाख ८ हजार ४ सय ८४ रुपैयाँ १६ पैसा कुल कारोबार गरेको छ ।
शनिबार आयोजना भएको १० औँ स्थापना दिवस तथा ९ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष डा.योगेन्द्र राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७÷७८ मा खुद बचत ३६ लाख ९२ हजार २ सय ८९ रुपैयाँ ५० पैसा भएको बताए । सहकारीले विभिन्न कोषहरुमा बाँडफाँड गर्दा शेयर बोनस कोषमा १२ लाख ९२ हजार ६ सय ५३ रुपैयाँ ६९ पैसा संचित गर्न सफल भइ कुल शेयर पूँजिको ५ प्रतिशतका दरले लाभांश वितरण गर्न सफल भएको बताए ।

सहकारीले आर्थिक वर्षको अन्त्यमा ३ करोड ३६ लाख ६ हजार ३ सय ९ रुपैयाँ ९५ पैसा कुल आम्दानी गरेकोमा कुल खर्च २ करोड ९६ लाख ३६ हजार १ सय ६ रूपैयाँ १९ पैसा गरेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७÷७८ को अन्त्यमा ४ करोड ६४ लाख ९७ हजार ३ सय रुपैयाँ शेयर पूँजी पुर्याउन सफल भएको बताउँदै २३ करोड ६७ लाख ४९ हजार ९ सय २७ रूपैयाँ ६६ पैसा निक्षेप पुर्याउन सफल भएको बताए । उनका अनुसार हाल सहकारीमा सेवा केन्द्र सहित २० जना नियमित कर्मचारीहरू कार्यरत छन् भने १ हजार ७ सय २३ शेयर सदस्यहरु रहेका छन् ।

साधारण सभामा व्यवस्थापकिय प्रगतिबारे जानकारी दिदै सहकारीका व्यावस्थापक जित बहादुर राउतले सहकारीले गत सालभन्दा यस वर्ष शेयर रकममा १ सय १० प्रतिशत १५ प्रतिशत, बचतमा ९१ दशमलव ६४ प्रतिशत, ऋण लगानीमा ८२ दशमलव ५८ प्रतिशत, ऋण असुलीमा ५८ दशमलव ८६ प्रतिशतले बृद्धि र कोष रकममा थप ९० दशमलव ७६ प्रतिशतले वृद्धि गर्न सफल भई सदस्य विस्तारमा समेत ७१ दशमलव ६१ प्रतिशतले वृद्धि गर्न सफल भएको बताए ।

कार्यक्रमको उद्घाटन कार्यक्रम प्रमुख अतिथि प्रदेश नं.१ का सभामुख प्रदिप कुमार भण्डारीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी सभामुख भण्डारीले अबको समयमा आर्थिक क्रान्ति गर्न आवश्यक रहेको बताउँदै आर्थिक क्रान्ति बिना मुलुक समृद्ध हुन नसक्ने भएकाले नागरिकको जीवनस्तर उकास्न आर्थिक क्रान्ति जरुरी रहेको बताए । उनले यसको लागि ३ खम्बे नीति अनुसार सहकारीको अभियानलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

सहकारीले यसवर्षबाट पत्रकार सम्मान समेत सुरुवात गरेको छ । यसपटक सहकारीले औजार राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रणध्वज लोहारलाई नगद १० हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरेको छ । त्यसै गरि कार्यक्रममा जेष्ठ सदस्य सम्मान धरान–१३ का शंकर बहादुर राईलाई प्रदान गरिएको थियो । उनलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ । त्यस्तै असल तथा नियमित बचतकर्ता सम्मान १४ जनालाई प्रदान गरिएको थियो भने १३ जना असल ऋणीलाई समेत सम्मान गरिएको थियो ।
कर्मचारीतर्फ घनश्याम राउत उत्कृष्ट कर्मचारी, बल बहादुर लिम्बू उत्कृष्ट नियमित बजार कर्मचारी, खेम कुमारी कट्वाल र सविना राई असल तथा नियमित कर्मचारी बनेका छन् । उनीहरुलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो । साथमा शेयर सदस्य सम्मान र जग्गा खरिद कोषमा सहयोग गर्ने शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved