रत्नप्रसाद स्मृति पत्रकारिता पुरस्कार: पत्रकार गोपाल देवान सम्मानित

  • मंसिर २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान बजारमा बस्ती बसाउने श्रेय पाएका सुब्बा रत्नप्रसादको स्मृतिमा स्थापना गरिएको रत्नप्रसाद पत्रकारिता पुरस्कारबाट धरानका अग्रज पत्रकार गोपाल देवान सहित विभिन्न क्षेत्रमा योगदान दिएको व्यक्तित्वहरु सम्मानित भएका छन् ।

कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठान धरानले बुधबार एक कार्यक्रमको आयोजना गरि पत्रकार देवान सहित नेपालका प्रथम जगतगुरु बालसन्त मोहन शरण देवाचार्यलाई सम्मान गरिएको थियो भने विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

पत्रकार देवानलाई ४१ हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो । उनलाई प्रतिष्ठानका संरक्षक सरला कायस्थ, प्रमुख अतिथि एवं प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रतिष्ठानका अध्यक्ष मुकुल कायस्थले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र र नगद हस्तान्तरण गरेका थिए ।

त्यसै गरि बालसन्त देवाचार्यलाई नगद ५१ हजारसहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । त्यस्तै, कौशिकी क्याम्पस धरानमा वीएड प्रथम बर्षमा अध्ययनरत दृष्टिविहिन विद्यार्थी मिङमा भोटेलाई १५ हजार पुरस्कार राशीको छात्रवृत्ति प्रदान गरिएको थियो भने शिक्षा सदन माविमा कक्षा १० की प्रथम विद्यार्थी कविता चौलागाईलाई १० हजार नगदको छात्रवृत्ति प्रदान गरिएको थियो । यस्तै, हरेराम कृतन कुञ्जलाई नगद १० हजार प्रदान गरिएको थियो ।

सुब्बा रत्नप्रसादको छोरा स्वर्गीय कायस्थ गोपाल प्रसाद र बुहारी सरला कायस्थको नाममा यो प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानकी संरक्षक सरला कायस्थ धरानकी अग्रणी समाजसेवी हुन् । प्रतिष्ठानको अध्यक्ष उनका छोरा एवं समाजसेवी मुकुल कायस्थ छन् । सोही प्रतिष्ठानले २०७३ सालदेखि सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार प्रदान गर्न थालेको हो ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved