धरान/ नेपाली बजारमा सुनको मुल्यमा तोलामा ५ सयको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्य प्रतितोला ५००ले घटेको हो ।
महासंघका अनुसार हिजो मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज ५०० ले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।