लिम्बुवान मञ्च सुनसरीको अध्यक्षमा पुनः अमर इजम, नगरमा सञ्जुहाङ

  • कार्तिक २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति सुनसरीको तेस्रो जिल्ला अधिवेशनले पुनः अमर इजमलाई अध्यक्ष बनाएको छ ।
गत शुक्रबार धरानको इजिराइडर स्थित सभाहलमा सम्पन्न अधिवेशनले पुनः अध्यक्षमा अम्बर (अमर) इजम सर्वसम्मत चुनिएका हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा पदम खेवाङ, उपाध्यक्षहरुमा देउमान लिम्बू, नरबहादुर लिम्बू, डम्बर थक्लुङ, सरस्वती सुब्बा, मोहम्मद ताहिर, दिलु सुब्बा राई, तिर्थराज मादेम्बा, राजकुमार वनेम र मनोहर थलङ निर्वाचित भएका छन् । सचिवमा निर्मल राई, पदम तामाङ, कृष्टिना राई र अर्थसचिवमा मित्रप्रसाद पतङ्वा चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा बुद्ध लिम्बू, निस्ता वनेम, राजेन्द्र लाबुङ, प्रकाश लिम्बू इधिङ्गो, विकास राउत, जीतमान थलङ, कृष्ण लिम्बू लिङदेन, रिना राई, दिलकुमार लिम्बू, दुर्गाधन राई, याम थलङ लिम्बू, दिलकुमार लाबुङ, सुरेन्द्र इवा, राम चोङबाङ क्याक, हस्तमाया राई (लिम्बू), नानु लिम्बू, कमला लिम्बू, काजीमान खापुङ, सपना लिम्बू, सूर्य वनेम, कल्पना लिम्बू, रेखा गजमेर, जदुलाल पाल, रामकुमारी खापुङ, तेज वनेम, खेम खड्का, मनी साँवा लिम्बू, दिलकुमारी लिम्बू (लावती), इन्द्र पोमु, महेन्द्र सम्वाहाम्फे, सीता विश्वकर्मा, उदीप लिम्बू, नर्वदा लिम्बू, प्रेमराज कार्की, जीवन याक्खा, इन्द्रबहादुर मादेन, सरिता राई अधिकारी, विनोद केदेम रहेका छन् । यस्तै, राजेश अग्रवाल र लालकुमार नाल्बो जिल्ला सल्लाहकारमा मनोनित भए ।

सम्पन्न अधिवेशनले पुनः सञ्जुहाङ लिम्बू साँवालाई धरान नगर समितिको अध्यक्षमा चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षहरुमा मोहन तिगेला, अर्जुन खड्का, दीपक लावती, रामकुमारी मादेन लिम्बू, सचिवहरुमा ईश्वरी मगर र गोपाल पालुङ्वा चयन भए । यस्तै, सह–सचिवहरुमा संगीता आलेमगर, धनशोर लिम्बू र अर्थसचिवमा ललित पालुङवा लिम्बू रहेका छन् । त्यसैगरी सदस्यहरुमा राजेश सुनुवार, रमेश राई, नरेन्द्र बराइली, भिम मगर, राजकुमार याक्खा, विनोद मिभक, अमर तुम्वाहाम्फे, शुक्रराज राई, दिला वनेम लिम्बू र चित्रानी लिम्बू रहेका छन् ।

प्रमुख आतिथि मञ्चका संघीय अध्यक्ष कुमार ल्ङिदेन थिए । उनले प्रदेश नं. १ को नामाकरण गर्दा संविधानलाई संशोधन गर्दै लिम्बुवान किरात खम्बुवान राख्नु पार्टीको एजेण्डा रहेको बताए ।
कार्यक्रममा प्रान्तीय उपाध्यक्ष भूपु डिएसपी कृष्णमान थेवे, प्रान्तीय महासचिव अशोक चेम्जोङ, प्रान्तीय उपमहासचिव दिलकुमार लावती, प्रान्तीय सचिवद्वय भुपेन्द्रसुन्दर लावती, विष्णुमाया थापा भट्टराई, सचिवालय सदस्य तथा दलित मुक्ति मञ्चका अध्यक्ष रमेश गजमेर, बलराम सदा र केदार पोख्रेल लगायत नेताहरुले आफ्नो धारणा राखेका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved