नेपाली कांग्रेस धरान १० को पदस्थापन सम्पन्न

  • कार्तिक १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाली कांग्रेस धरान उपमहानगरपालिका वडा नं. १० को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ (डिआईजि)को प्रमुख आतिथ्यतामा गत भदौ २१ गते भएको वडा अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्र्यक्रम सम्पन्न भएको हो । १० नं. वडामा पावल राईको सभापतित्वमा ४० जना सदस्य रहेका छन् । शुक्रबार धरान १९ स्थित हरियाली पार्कमा आयोजित पदस्थापन कार्यक्रममा विगत लामो समयदेखि पार्टीमा योगदान पुर्याउँदै आएका ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो ।

ज्येष्ठ नागरिकहरु कृष्णबहादुर श्रेष्ठ, शिवप्रसाद चापाँगाई र प्रेम कुमार परियारलाई सम्मान गरिएको हो । यस्तै, धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गरेर डाक्टर बन्न सफल भएका १० नं. वडाका डा. निष्कर्ष रिजाल शर्मा, कर्मचारी सुसन निरौला र केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका लेक्चर ज्योति आचार्यलाई सम्मान गरिएको थियो ।

नेता एवं प्रदेशसभा सदस्य श्रेष्ठले अब हुन लागेको क्षेत्रिय र जिल्लाको अधिवेशन पार्टीको आन्तरिक चुनाव भएको कारण एकजुट भएर सफल बनाउनुपर्ने बतए । उनले आगामी स्थानिय निर्वाचनमा नगरको मेयरदेखि लिएर सबै वडामा नेपाली काँग्रेसले विजय हासिल गर्ने गरी संगठनलाई बलियो बनाएर लानुपर्नेमा जोडदिए ।

पदस्थापन कार्यक्रममा नेपाली कांग्रेस धरानका निर्वतमान सभापति एवं मेयर तिलक राई, नगर सभापति श्याम पोखरेल, निर्वतमान वडा सभापति सुरेश निरौला लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

गुलमोहरको रङले रङ्गि ...

झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने ...

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved