इटहरी । पुर्व भुमिसुधार मन्त्री तथा वरिष्ठ नेता रामकुमार सुब्बाले सकृिय कार्यकर्ता जति नेताको पछि कुद्धा कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टिको अवस्था दयनिय र भद्रगोल हुन पुगेको बताएका छन ।
राप्रपाको जिल्ला अधिवेसनलाइ सम्बोधन गर्दै पुर्व मन्त्री सुब्बाले यस्तो बताएका हुन ।उनले एक जुट हुनको सट्टा गुटबन्दी भएर नेता छान्न थालेपछि राप्रपा पार्टिनै धरापमा परेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुर्व मन्त्री सुब्बाले गणतन्त्र स्थापना पछि मुलुक झन अस्थिरता तर्फ धकेलिएको बताउदै संवैधानिक राजतन्त्र अबको आवश्यकता रहेको धारणा राखे ।
त्यस्तै आफ्नो पार्टिले सदैव मुलुकमा हिन्दु राष्ट्र कायम हुनुपर्छ भनेर वकालत गर्दै आएको र नेपाली जनताले समेत राजतन्त्र सहितको हिन्दु राज्यको चाहना राख्न थालिसकेको प्रस्ट पारे । अधिवेसनलाइ सम्बोधन गर्दै सुब्बाले अब नेताको पछि नकुदि पार्टिको पछि लाग्न र चुनावको तयारीमा लाग्न कार्यकर्ताहरूलाइ सुझाव दिए ।
इनरूवास्थित निर्माण ब्यवसायीको सभाहलमा सम्पन्न कार्यक्रममा राप्रपाका प्रदेश एक संयोजक वासु भट्टराइ , राप्रपा केन्द्रिय सम्पादन समिति सदस्य मिना सुवेदि , प्रदेश सचिव तथा केन्द्रिय सम्पादन समितिका सदस्य राम थापा लगायत अन्यले सुभकामना मन्तब्य राखेका थिए ।
यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टि सुनसरीको अध्यक्षमा दुर्गा बस्नेत सर्वसम्मत निर्वाचित भएका छन । बुधबार अवेर सम्पन्न अधिवेसनको भेलाले बस्नेतको अध्यक्षतामा ३३ जनाको जिल्ला कार्य समिति चयन गरेको हो । बस्नेत यस अघि पनि राप्रपाको अध्यक्ष रहेका थिए ।