एमाले धरान नगर अधिबेशन एकै ठाउँ नभए बहिस्कार गर्ने कार्यकर्ताको चेतावनी

  • कार्तिक ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बिबाद चुलिदै गएको नेकपा एमाले धरान नगर समितिको अधिबेशन दुई पक्षले छुट्टाछुट्टै गर्ने प्रचारबाजी गर्न थालेपछी कार्यकर्ताहरु आक्रोशित बनेका छन ।

देश भरीनै एकै साथ मंगलबार हुने अधिबेशन सुनसरीको धरानमा चै दुई समुहको छुट्टाछुट्टै स्थानमा हुने भएपछी कार्यकर्ताहरु आक्रोशित बनेका हुन् ।

सुनसरीमा आफ्नो नेतृत्व आधिकारिक रहेको दाबी गर्दै आएका रमेश बस्नेत र रेवती रवण भण्डारी समुहले आइतबार छुट्टाछुट्टै सुचना जारी गर्दै अलग अलग स्थानमा अधिबेशनको आव्हान गरे पछि स्थानिय नेता तथा कार्यकर्ताले दुबैको अधिबेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

आइतबार भण्डारी समुहबाट धरान नगर अध्यक्ष हर्क जङ एभेङले धरान १० स्थित सैनिक भवन र बस्नेत समुहबाट नारायण सुबेदीले धरान १५ स्थित इजि राइडर्सको हलमा अधिबेशन हुने छुट्टाछुट्टै सुचना जारी गरेका थिए ।

सुचना जारी भएपछी स्थानीय नेता कार्यकर्ता हरु माथिल्लो कमिटीका नेताहरु प्रती आक्रोशित बन्दै दुबैको अधिबेशन बहिष्कार गर्ने चेतावनी दिएका हुन् । नेताको जुँघाको लडाइले कार्यकर्तालाइ अनिर्णयको बन्दी बनाएको भन्दै धरान वडा नम्बर १३ र १६ कमिटिले बिज्ञपति जारी गर्दै दुई स्थानमा अधिबेशन भए बहिष्कार गर्ने चेतावनी दिएका हुन ।

वडा कमिटी १३ का घनश्याम तिम्सिना र १६ का दिल बहादुर गिरिले बिज्ञप्ति जारी गर्दै दुई स्थानमा हुने अधिबेशन बहिष्कार गर्न आव्हान समेत गरेका छन् ।
एमाले धरानको राजनितिलाइ अराजकता तर्फ धकेल्दै नेताहरुले ब्यक्तिगत स्वार्थको लागि कार्यकर्तालाइ अन्योलमा राखेको उनी हरुले आरोप लगाएका छन् । एकै स्थानमा नगर अधिबेशन नभए कुनैमा पनि प्रतिनिधि नपठाउने बताएका छन् । दुबै पक्षलाइ एकै ठाउँमा मिलेर अधिबेशन गर्न पनि उनी हरुले सुझाब दिएका छन् ।

भोलि हुने अधिबेशन एकै ठाउँमा हुनुपर्ने माग गर्दै नेताहरुलाइ दबाब सिर्जना गर्न एमाले धरानका कार्यकर्ता हरु हस्ताक्षर अभियानमा जुटेका छन् । धरानको २० वडा र २ शाखा कमिटीको हस्ताक्षर संकलन पछि संयुक्त बिज्ञप्ति जारी गर्ने तयारी रहेको अभियानकर्ता बिष्णु चौलागाईंले बताए । उनका अनुसार हाल सम्म वडा नम्बर २, ३,१३, १६, १२,७ ले एकै स्थानमा अधिबेशन हुनुपर्ने माग प्रती सहमत जनाइ सकेका छन् ।

गुलमोहरको रङले रङ्गि ...

झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने ...

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved