नेपाली काँग्रेस धरान नगर समितिको आफ्नै भवन

  • असार ३१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ लामो समयसम्म कोठा भाडामा राखेर कार्यालय सञ्चालन गर्दे नेपाली कांग्रेस धरान नगर समितिको आप्नै भवन निर्माण भएको छ ।

जग्गादाताबाट जग्ग प्राप्त भएपछि निर्माण कार्य शुरु गरेकोे कार्यालयको भभवन निर्माणको कार्य सम्पन्न भई भवनको सज्जावटको काम भइरहेको जनाइएको छ । नेपाली कांग्रेस धरानका नगर सभापति तिलक राईका अनुसार नेपाली काँग्रेसबाट निर्वाचित धरान १८ की महिला निर्वाचित वडा सदस्य दिलकुमारी राईले वडा नं. १७ मा भवन बनाउनका लागि निःशुल्क २५ धुर जग्गा उपलब्ध गराएपछि भवन निर्माणले तिब्रता पाएको थियो ।

सभापति राईले भने, ‘पार्टीका नेता साथीहरुले त्यहाँ अपायक पर्ने भयो, पायक पर्ने ठाउँमा भवन निर्माण गर्नुपर्छ भन्ने कुराहरु उठ्यो, उहाको वडा नं. २ मा जग्गा रहेछ, अहिले ५ धुर जग्गामा तीन तलाको भवन बन्दैछ ।’ वडा नं. २ को ५ धुर जग्गा पनि नेतृ दिलकुमारी राईकै हो ।

वडा नं. १७ को जग्गा उहाँलाई फिर्ता गरिएको नगर सभापति राईले बताए । धरान वडा नं. २ स्थित बलबहादुर राई, भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा तिन तलाको पार्टी कार्यालय भवन करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ । अब चाँडै भवनको उद्घाटन गर्ने सभापति राईको भनाई छ ।

धरानमा कांग्रेसको १२ औं महाधिवेशनमा १४ सय क्रियाशील रहेको थियो भने १३ औं मा ३३ सय क्रियाशील सदस्य रहेको थियो । १४ औं महाधिवेशन सम्म आईपुग्दा तिलक राईको नेतृत्वले ४७ सय क्रियाशिल सदस्यता बनाउन सफल भएको कांग्रेस धरानका सचिव श्याम पोखरेलले बताए । १३ औं महाधिवेशनबाट निर्वाचित भएको समितिले धरानमा पहिलोपटक उपनिर्वाचनमा जित हासिल गर्न सकेको छ

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved