महामारीसंग जुध्न प्रदेश १ सरकारले काम गर्नै सकेन

  • जेठ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ का सांसदले सरकारले महामारीसंग जुध्न स्पष्ट खाका तयार गरी अधुरा विकासलाई समेत अघि बढाउन सुझाव दिएका छन् ।

प्रदेशसभाको बुधबारको बैठकमा शुन्य समयमा बोल्ने सांसदले सरकारले जनताको नजिक गएर काम गर्न नसकेकोले त्यस विषयमा गम्भीर हुनुपर्ने सुझाव दिएका छन् ।

नेपाली कांग्रेसकी सांसद कल्पना सरदारले कोरोना महामारीका बेला अलि जिम्मेवार भई काम गर्न सुझाव दिइन । भनिन्, “उपचार र राहतमा समेत सरकारले ध्यान दिनुपर्छ ।”

नेकपा माओवादी केन्द्रकी सांसद कुसुम श्रेष्ठ सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन प्रदेश सरकारले पहल लिनुपर्ने बताइन । संघीय सरकारले कोरोना महामारीबाट पीडित भएका जनताको लागि निषेधाज्ञाकै बेला सहुलियत दरमा उपभोग्य वस्तु खरिद गर्न पाउने प्रबन्ध गरेकोले प्रदेश सरकारले पनि गर्नुपर्ने बताइन । उनले भनिन्, “काठमाडौमा मात्र होइन प्रदेशभर सहुलियत दरमा उपभोग्य वस्तु खरिद गर्न जनतलाई राहत दिइनु पर्छ ।”

कांग्रेस सांसद चुमनारायण तवदारले बुढीगंगा गाउँपालिकामा सिंघिया खोलाको बाढीको भेल पस्ने र कटान गर्ने संभावना देखिएकोले तटबन्धनको लागि छुट्याएको बजेटको सही सदुपयोग गर्नुपर्ने बताए । भने, “जहाँ बजेट चाहिने हो त्यहीं बजेट दिइनु पर्छ । सरकारबाट निर्देशन भएपनि समन्वयको अभावमा काम चुस्त रुपमा अघि बढ्न सकेको छैन ।”

नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की अध्यादेश मार्फत ल्याएको संघीय बजेट जस्तै प्रदेशको बजेट पनि कार्यान्वयनमा चुनौती देखिने गरेको बताए ।

कार्कीले प्रदेश सरकार प्रति जनताको बढी आशा र भरोसा भएपनि सरकारले त्यही ढंगले काम गर्न नसकेको बताए । जसपाकी सांसद राधा थापाले कोरोनाको विषयमा जनचेतना दिलाउन बढी आवश्यक भएको बताईन ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved