प्रदेश सांसदको टिप्पणी : महामारीसंग जुध्न प्रदेश १ सरकारले काम गर्नै सकेन

  • जेठ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ का सांसदले सरकारले महामारीसंग जुध्न स्पष्ट खाका तयार गरी अधुरा विकासलाई समेत अघि बढाउन सुझाव दिएका छन् ।
प्रदेशसभाको बुधबारको बैठकमा शुन्य समयमा बोल्ने सांसदले सरकारले जनताको नजिक गएर काम गर्न नसकेकोले त्यस विषयमा गम्भीर हुनुपर्ने सुझाव दिएका छन् ।

नेपाली कांग्रेसकी सांसद कल्पना सरदारले कोरोना महामारीका बेला अलि जिम्मेवार भई काम गर्न सुझाव दिइन ।भनिन्,“उपचार र राहतमा समेत सरकारले ध्यान दिनुपर्छ ।”

नेकपा माओवादी केन्द्रकी सांसद कुसुम श्रेष्ठ सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन प्रदेश सरकारले पहल लिनुपर्ने बताइन । संघीय सरकारले कोरोना महामारीबाट पीडित भएका जनताको लागि निषेधाज्ञाकै बेला सहुलियत दरमा उपभोग्य वस्तु खरिद गर्न पाउने प्रबन्ध गरेकोले प्रदेश सरकाले पनि गर्नुपर्ने बताइन । भन्नि,“काठमाडौमा मात्र होइन प्रदेशभर सहुलियत दरमा उपभोग्य वस्तु खरिद गर्न जनतलाई राहत दिइनु पर्छ ।”

कांग्रेस सांसद चुमनारायण तवदारले बुढीगंगा गाउँपालिकामा सिंघिया खोलाको बाढीको भेल पस्ने र कटान गर्ने संभावना देखिएकोले तटबन्धनको लागि छुट्याएको बजेटको सही सदुपयोग गर्नुपर्ने बताए । भने,“जहाँ बजेट चाहिने हो त्यहीं बजेट दिइनु पर्छ । सरकारबाट निर्देशन भएपनि समन्वयको अभावमा काम चुस्त रुपमा अघि बढ्न सकेको छैन ।”

नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की अध्यादेशमार्फत ल्याएको संघीय बजेट जस्तै प्रदेशको बजेट पनि कार्यान्वयनमा चुनौती देखिने गरेको बताए । कार्कीले प्रदेश सरकार प्रति जनताको बढी आशा र भरोसा भएपनि सरकाले त्यही ढंगेले काम गर्न नसकेको बताए । जसपाकी सांसद राधा थापाले कोरोनाको विषयमा जनचेतना दिलाउन बढी आवश्यक भएको बताइन ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved