सुनसरी । विभिन्न कारणले सर्दै आएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई आज हुने भएको हो । मन्त्रिपरिषद्को गत जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गर्ने माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो ।
गत सोमबार हुने भनिएको सुनुवाई प्रधानन्यायधीस चोलेन्द्र शम्शेर जबराको स्वास्थ्यमा समस्या देखिए पछि बुधबारलाई सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ ।
प्रधानन्यायाधीश राणा सहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दै सोमबारका लागि राखिएको थियो ।
इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । उक्त विवादमा ३० रिट निवेदन परेका छन् ।