स्वास्थ्य सेवा सहित उपभोग्य वस्तुमा ध्यानाकर्षण गर्दै धरानका मेयरलाई ज्ञापन पत्र

  • जेठ ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोभिड १९ को महामारीमा वीपी प्रतिष्ठानको स्वास्थ्य सेवामा लापरबाही र भ्रष्टाचार भएको भन्दै यसलाई नियन्त्रण गर्न माग राख्दै मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएका छन् ।

धरान उपमहानगरपालिकालाई धरानका राजनितिक दलहरुले संयुक्त रुपमा राजनितिक दलहरुले लकडाउनको समयमा धरानमा महंगी तथा कालोबजारी बढेको प्रति ध्यानाकर्षण गराउँदै मेयर राईलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै मेयर राईले मूल्यवुद्धि र कालोबजारीको विषयमा धरान उपमहानगरका कर्मचारीहरुले निरन्तर रुपमा बजार अनुगमन गरिरहेका छन्, उपमेयर ज्यूको नेतृत्वमा अनुगमन समिति रहेको र क्रियाशिल पनि रहेको छ ।’

उपमहानगरपालिकामा लकडाउन गर्नुभन्दा अगाडी धरान स्थित कृषि उपज बजार व्यवस्थापन समिति र उद्योग बाणिज्य संघसँग छलफल गरेर यस विषयमा सहकार्य गरिएको उनको भनाई छ ।

धरानमा सागसब्जी र फलफुल अभाव हुन नदिनका लागि कृषि उपज बजारलाई संयोजन गर्ने जिम्मा दिएको बताउदै मेयर राईले भने, ‘धरानमा कहि कतै तरकारी, सागसब्जी र फलफुल अभाव भयो, मूल्यवृद्धि भयो भने हामिले तुरुन्तै एक्शनमा जाने र आपूर्ति गर्ने व्यवस्था मिलाएका छौं ।’

कृषि उपज बजार व्यवस्थापन समितिले मूल्यसूचि प्रकाशित गरेर तरकारी तथा फलफुल बिक्रि वितरण भईरहेको छ । उनले भने, ‘वैशाख ७ गतेसम्म कृषि उपज बजार हामीले पूर्ण रुपमा बन्द गरेका थियौ भने ८ गतेदेखि बिहान ४ बजेदेखि ६ बजेसम्म २ घण्टा खुल्ला गर्ने निर्णय गरेका छौं ।’

खाद्यान्न सामाग्रीको विषयमा उद्योग वाणिज्य संघले समन्वय गरिरहेको छ । यसको नियमण गर्ने जिम्मा पनि संघलाई नै दिईएको मेयर राईले बताए । धरान उपमहानगरपालिकाले नियमित रुपमा अनुगमन गरिरहेको मेयर राईको भनाई छ ।

मेयर राईले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यापक रुपमा लापरबाही भईरहेको बताए ।
केही समय अघि धरान उपमहानगरपालिकाकै नेतृत्वमा राजनितिक दलको प्रतिनिधिहरु सहित वीपी प्रतिष्ठानका पदाधिकारीहरुसँग छलफल गरिएको स्मरण गराउँदै मेयर राईले वीपी प्रतिष्ठानको बारेमा जानकारी लिएको बताए । त्यतिबेला सबै प्रतिष्ठानमा सबैकुरा ठिक्छ भन्ने स्थिति थियो ।

तर पछिल्लो समय अक्सिजन प्लान्टमा समस्या आएको खबर आएको बताउँदै त्यसमा पनि धरान उपमहानगरपालिकाले आफ्नो सामथ्र्य अनुसार वीपीलाई सहयोग गरिएको मेयर राईले बताए । अहिले प्रतिष्ठानका उपकुलपति लगायत माथिल्लो तहका पदाधिकारीहरु सम्पर्क नभएको बताउँदै तल्लो तहका कर्मचारीहरुसँग मात्र सम्पर्क भइरहेको मेयर राईले जानकारी दिए । धरान उपमहानगरपालिकाले यस विषयमा समन्वय गर्ने मेयर राईको भनाई छ ।

मङ्गलबार धरानका नेपाली कांग्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, जनमुक्ति, संघीय लोकतात्रिक, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत सहित ८ राजनीतिक दलले संयुक्तरुपमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।

सप्तकोशीमा गाँजाको त ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नद ...

पुल त बन्यो, समस्या ...

धरान/  धरान उपमहानगरपालिका–५ र ६ को सिम ...

धरानकाे सुनाखरी एकेड ...

धरान/  धरान–१२ मा अवस्थित सुनाखरी एकेडे ...

सुनसरीमा प्रहरीको सफ ...

दुहबी/ सुनसरी जिल्लाको दुहबी नगरपालिका–११ स्थित त ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved