नगरपालिकाले बजारीकरण गरीदिए पछि हौसिए कृषक

  • जेठ ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt


मोरङ । कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनहरु बजारीकरण नगरपालिकाले गरीदिन थालेपछि कृषि प्रति आकर्षण बढ्न थालेको छ ।


मोरङको बेलबारी नगरपालिकाले नगर क्षेत्रका कृषकले उत्पादन गरेको अन्नबालि, तरकारी, फलफुललगायतका उत्पादनहरु बजारीकरण गरीदिए पछि कृषकहरु कृषि प्रति हौसिएका हुन् ।


नगरपालिकाले निषेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउँ बितरण गरेको छ । २० हजार किलो धानको विउँ ५० प्रतिशत अनुदानमा बितरण गरेको हो । बितरण गरीएको बिउँले करीब ५ सय बिगाहा क्षेत्रफलमा खेतिगर्न सकिने कृषि शाखाका प्राविधिक बताउँछन ।


राधा १२, कान्छी मन्सुली, बहुगुणि, स्वर्णसव १, रंजित लगायतका प्रजातिका धानका विउँ बितरण गरीएको छ । ३ हजार किलो मुल बिउँ बितरण गरीएको हो । मुल बिउँ उत्पादन पछि पुनः बिउँको रुपमा प्रयोग गर्न मिल्ने कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए ।


उत्पादन भएका बस्तुहरुको बजारीकरणले हौसला मिलेको बेलबारीका पुराना किसान कबिन्द्र धिमालले बताए । एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउन तरकारी, फलफुल, कृषि औजारहरु समेत बितरण गरेको जनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद तरहरा सुनसरी बाट बिउँ ल्याएर बितरण गरेको हो ।


यस अघि नगरपालिकाले किसानले उत्पादन गरेको गहुँ बजार भाउ भन्दा बढी मूल्यमा किनबेच गराइदिएको थियो । किसानलाई ८० प्रतिशत छुटमा करिब १ हजार किलो बिउँ वितरण गरेको थियो । बजारमा १२ सय प्रतिमनले गहुँ किनबेच भइरदाँ किसानले भने प्रति मन १५०० रुपैयाँ पाएका छन ।

६ हजार किलो गहुँ नगरपालिकाकै गाडीमा बजारसम्म पु¥याइदिएको छ । कृषकको उत्पादन बजारीकरण नगरपालिकाले आफै गरीदिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनले उत्पादन भएका बस्तुहरुको बजारीकरण अन्तराष्ट्रिय बजारमा पनि गर्न थालिएको बताए ।

 

 

 

 

 

सप्तकोशीमा गाँजाको त ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नद ...

पुल त बन्यो, समस्या ...

धरान/  धरान उपमहानगरपालिका–५ र ६ को सिम ...

धरानकाे सुनाखरी एकेड ...

धरान/  धरान–१२ मा अवस्थित सुनाखरी एकेडे ...

सुनसरीमा प्रहरीको सफ ...

दुहबी/ सुनसरी जिल्लाको दुहबी नगरपालिका–११ स्थित त ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved