सिंङ्गो वस्ती एमालेमा प्रवेश

  • चैत २२, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रका नायक हुन भन्दै मोरङको सुन्दरहरैंचा स्थित एउटा सिंगो गाउ“ नै नेकपा एमालेमा प्रवेश गरेको छ । सुन्दरहरैंचा नगरपालिका ५ स्थित गोर्खाली टोल वसोवास गर्ने १ सय भन्दा बढि स्थानीयहरू नेकपा एमालेमा प्रवेश गरेका हुन ।

यस अघि नेपाली कांग्रेस र एमाओवादीमा आवद्ध स्थानीयहरू पनि ओलीको जिन्दावादको नारा लगाउँदै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । उनीहरूले सामूहिक हस्ताक्षर सहित नेकपा एमालेको वडा कमिटीलाइ एक कार्यक्रम गरी बुझाएका हुन ।

जसमा टोलका युवा, महिला, बृद्धबृद्धा लगायत अगुवाहरु सबैको संयुक्तरुपमा हस्ताक्षर रहेको छ । गाउँका स्थानीय दिलकुमार लिम्बुको नेतृत्वमा प्रत्येक घरबाट एकजनाका दरले १ सय जनाभन्दा बढी हस्ताक्षर पार्टी वार्ड कमिटीलाई बुझाउँदै उनीहरु एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा १ न. प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा, एमालेका प्रदेश कमिटी सदस्यहरु हरि घिमिरे, लक्ष्मी फुयाँल, जिल्ला सचिवालय सदस्यहरु अजम्बर राई, ज्ञानेन्द्र ओझा, सुरेन्द्र थापा, केदार गुरागाई, सुन्दरहरैंचा नगर अध्यक्ष मातृकाप्रसाद ढकाल लगायतले नवप्रवेशीलाई नेकपा एमालेमा स्वागत गरेका थिए ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै एमाले नेताहरुले ढिलै भएपनि सहि राजनीतिक बाटो पहिल्याएकोमा सम्पूर्ण टोलीबासीलाई स्वागत गर्दै सबैले देशको विकासमा आ आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने बताएका छन् । उनीहरुले नेकपा एमालेको नेतृत्वमा देश समृद्धिको बाटोमा अघि बढेको भन्दै सबै नेकपा एमालेमा एकजुट भएर देश विकासको सपना साकार पार्नेतर्फ लाग्नुपर्ने बताए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved