प्रदेश नं १ को मन्त्रीमण्डल आज विस्तार हुँदै राज्यमन्त्रीबाट दुई जना ‘फूल मन्त्री’ मा बढुवा, चार राज्यमन्त्री थपिंदै, माओवादीका आङबुहाङलाई अर्थमन्त्रालयको जिम्मेवारी

  • चैत्र १३, २०७७
  • कुमार लुइँटेल
alt

विराटनगर । प्रदेश १ सरकारको मन्त्रीमण्डल शुक्रबार विस्तार हुँदैछ । मुख्यमन्त्री शेरधन राईले आफ्नो मन्त्रिपरिषद्मा चार जना नयाँ थप्ने र दुई जना राज्यमन्त्रीलाई बढुवा फूलमन्त्रीमा बढुवा गर्दैछन । सबैको सपथग्रहण प्रदेश प्रमुखले आजै गराउँदै छन ।
कृषि राज्यमन्त्री रामकुमार राना र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ ‘फुल मन्त्री’ बन्दैछन ।

यसैगरी नयाँ मन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा दिईंदैछ । प्रदेश सांसद उषाकला राई सामाजिक विकास राज्यमन्त्री, कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको सपथ लिनेछन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढुवा गरिएका र नयाँ मन्त्रीहरुको सपथ दिउँसो १ बजे प्रदेश प्रमुखको कार्यालय गर्ने तयारी गरेको छ । यसबारे विपक्षी दलसहित संचारकर्मीहरुलाई समेत सपथ ग्रहण कार्यक्रममा सहभागी हुन निमन्त्रण गरिएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता राजिव कोइरालाले मन्त्रीहको सपथग्रहण कार्यक्रममा सहभागी हुन निमन्त्रणा आएको जानकारी दिए ।

यसअघि आर्थिक मामिला तया योजना मन्त्रालयको जिम्मेवारीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बो थिए । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन नेकपा खारेज नभई गतिविधि गरेको भन्दै मुख्यमन्त्री राईले उनलाई बर्खास्त गरिदिएका थिए । उनको ठाउँमा माओवादी केन्द्रका सांसद आङ्बुहाङलाई ल्याउन लागिएको हो । उनी ताप्लेजुङबाट निर्वाचित सांसद हुन । नेकपाको विवादसंगै अर्कै समूहमा रहेका उषाकला राई र राजकुमार ओझा मुख्यमन्त्री राईको खेमामा आएका थिए ।

विस्तारपछि प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय हुनेछ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेको एकल बहुमत रहेको प्रदेश १ मा मुख्यमन्त्री राई बलियो बनेका छन । अविश्वासको प्रस्ताव दर्ता गर्ने आफ्ना सांसदलाई दलको नेताको हैसियतमा राईले सात दिनभित्र हस्ताक्षर फिर्ता लिन लिखित निर्देशन दिएका छन । बुधबार संसदीय दलको बैठकपछि सरकारका प्रवक्ता तथा आन्तरिक मामलिा तथा कानुन मन्त्री हिक्मत कार्कीले चाँडै सरकार विस्तार हुने जानकारी गराएका थिए ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved