वीपी प्रवेशद्वारमा अव्यवस्थित पार्किङ, व्यवस्थित गर्न छलफल शुरु

  • चैत ५, २०७७
  • "गोविन्द बस्नेत"
alt

धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर हुने गरेको अव्यवस्थीत पार्किङले एम्बुलेन्स तथा विरामी बोकेर आएका सवारीसाधनलाई पनि अस्तव्यस्त बनाएको छ ।
प्रतिष्ठानको प्रवेशद्वार अघि पार्किङ गरिएका टेम्पो, सिटीसफारी लगायतका सवारी साधनले अस्पताल प्रवेशमै बाधा पुर्याउने गरेको छ । अव्यवस्थीत पार्किङले गम्भीर प्रकृतिका बिरामी बोकेर आएका एम्बुलेन्सनै रोकिदा बिरामीहरु जोखिममा हुने गरेका छन् । जथाभाविको पार्किङले बाटोमा हिड्न्े बटुवा, विरामी लिएर आएका आफन्तहरुलाई समेत आवतजावतमा समस्या हुने गरेको छ ।

दिनप्रतिदिन विरामीको चाप बढ्नु र प्रतिष्ठान रेफरल अस्तापलको रुपमा विकसित हुदै गएकोले प्रतिष्ठानमा विरामीको चाप अत्यन्तै बढ्न थालेको छ । प्रतिष्ठान प्रवेशद्वार बाहिर जथाभावि पार्किङ हँुदा समस्या बिरामी बोकेर आएका एम्बुलेन्सहरुलाई समस्या हुने गरेको नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा बताउँछन् । प्रदेश १ र २ का विभिन्न क्षेत्रबाट दैनिक सयांै एम्बुलेन्सहरु विरामी बोकेर आउने गरेका छन् । थापा भन्छन्, ‘प्रतिष्ठानमा विरामी बोकेर सयौं एम्बुलेन्स ओहोरदोहोर हुने गर्छ, विरामीलाई अस्पताल समयमा पु¥याउन उनीहरुको ध्यान केन्द्रित हुन्छ, तर गेटबाहिर भने जथाभावि टेम्पो र सिटी सफारी पार्किङ गर्दा विरामीलाई समयमा पु¥याउन गाह्रो त छदैछ, दुर्घटनाको जोखिम पनि उतिकै हुन्छ ।’ उनले सिटी सवारी तथा टेम्पोले बीच सडकमा यात्रु ओराल्ने प्रवृत्तिले अझ ठूलो जोखिम बढाएको बताए ।

विरामी बोकेर जादा प्रतिष्ठान हाताबाहिर राखिएका जथाभावि पार्किङले जोखिम निम्त्याएको इटहरीका एम्बुलेन्स चालक कमल अधिकारी बताउँछन् ।उनले भने, ‘प्रतिष्ठानले विरामीका लागि भित्र पार्किङको सुविधा गरे पनि बाहिर भने नियन्त्रण गर्न सकेन, यसले विरामी बोक्ने एम्बुलेन्सलाई सबै भन्दा बढी अफ्ठ्यारो परेको छ ।’ अर्का एम्बुलेन्स चालक दुहवीका सञ्जय चौधरी पनि प्रतिष्ठान बाहिरको अस्तव्यस्त पार्किङले बिरामीलाई जोखिम बढाउने गरेको बताउँछन् । उनले भने, ‘एसियाकै सबैभन्दा ठूलो अस्पताल भनिन्छ, तर पार्किङको व्यवस्थापन भने लथालिंग छ, अत्यन्तै सिकिस्त विरामी ल्याएर आउँदा जथाभावि रोकिएका टेम्पो र सिटी सवारीका कारण धेरै पटक समस्या भोगेको छु, प्रतिष्ठान बाहिरको पार्किङ हटाउन गम्भीर बन्नुपर्छ ।’

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रतिष्ठान हाताबाहिर रहेको पार्किङको विषयमा धरान उपमहानगरपालिका गम्भीर रहेको बताए । उनले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सडक साघँुरो भएपछि वडा नं. १८ सँग सहकार्य गरेर बाटौ चौडा पार्ने काम गरेको बताए । उनले पार्किङका कारण दुर्घटनाको जोखिम बढ्ने भन्दै नगरप्रहरी समेत खटाइएको र नगरप्रहरीले त्यहाको अवव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने काम गरिरहेको बताए ।

प्रतिष्ठान बाहिरको अस्तव्यस्त पार्किङले समस्या उत्पन्न गर्न थाले पछि प्रतिष्ठानले अनुगमन गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीको टोलिले अनुगमन सहित वडा नम्बर १८ का वडाअध्यक्ष, प्रहरी र ट्राफिक प्रहरी सँग छलफल समेत गरेको छ । अनगुमगन पश्चात प्रतिष्ठानको प्रवेशद्वार अगाडीको बाटोलाई वान वे बनाउने र नो पार्किङको बोर्ड लगाउने रेग्मीले बताए । उनले भने, ‘हामीले अनुगमन गरेका छौं, सबै पक्ष लागेर यसलाई निकास दिने कोशिस गर्छौ, बोर्ड राखिसकेपछि प्रतिष्ठानभित्र रहेको पार्किङ स्थलमा पार्किङ गर्न अनुरोध गर्छौ, नमानेमा ट्राफिकसंग समन्वय गरेर नियम अनुसार कारबाही प्रक्रिया पनि अगाडि बढाउछौं ।’ विरामीका लागि मात्रै छुट्टै प्रवेशद्वार बनाउने तर्फ पनि पहल भइरहेको उनले बताए ।

मनसुनको पहिलो दिनै ध ...

सुनसरी/ यस वर्षको मनसुन सुरु भएको पहिलो दिन शुक्रबार रा ...

मन्जु गुरुङ ‘मिसेस स ...

धरान/ वुमन्स वर्थ ग्रुप (WWG) द्वारा बिहीबार आयोजित &ls ...

भोजपुरको ऐतिहासिक से ...

भोजपुर/ नेपालमा फलाम खानीको उल्लेख्य सम्भावना हुँद ...

११४३ किलो गाँजासहित ...

उदयपुर/ उदयपुरमा प्रतिबन्धित लागूपदार्थ गाँजाको ठू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved