अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन

  • चैत ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/  सर्वोच्चको आदेशपछि पूर्ववत् अवस्थामा फर्किएको दल एमालेबाट निर्वाचित प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री विरुद्ध गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री विरुद्धको हस्ताक्षर फिर्ता लिन एमालेका सांसदहरुलाई आग्रह गरेका हुन् ।
उनले प्रदेश एक संसदीय दलको निर्णय नमान्ने प्रदेश सभा सदस्यलाई कारवाही गरिने पनि बताएका छन् ।

सभामुख सहित तत्कालिन एमालेबाट प्रदेश एक संसदमा प्रतिनिधित्व गर्ने ५१ जना प्रदेश सभा सदस्य रहेका छन् । माओवादीसँग एकता भएपछि नेकपासँग ६७ सदस्य रहेको थियो । ति मध्ये ३७ सदस्यले गत पुस १२ गते मुख्यमन्त्री शेरधन राई विरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
उक्त प्रस्ताव फागुन ९ गतेको संसद बैठकमा टेवल भएको थियो । त्यसपछि राखिएको फागुन २० को संसद बैठक अघिल्लो दिन चैत २ गते सारिएको थियो । चैत २ गते बस्ने बैठकपनि अघिल्लो दिन सुचना टाँस गरि अनिश्चितका लागि स्थगित भएको छ । संसदलाई सत्तारुढ दलको किचलो र सरकार पक्षले बन्धक बनाएको विपक्षीले आरोप लगाउँदै आएका छन् ।

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका एमालेका ५ प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिइसकेका छन् भने माओवादीबाट निर्वाचित एवंम दलका नेतासमेत रहेका टंक आङ्बुहाङ दल त्याग गरेर एमालेमा प्रवेश गरेका छन् । उनले हस्ताक्षर फिर्ता लिए नलिएको घोषणा गरिसकेका छैनन् ।

तर, उनी ओली समूहमा आएपछि उनको हस्ताक्षर फिर्ता हुने र बाँकी एमाले पार्टीको उम्मेदवार बनि प्रदेशसभा सदस्य रहेका नेताहरुलाई सचेतक भण्डारीले हस्ताक्षर फिर्ता लिन भनिसकेको र अब केही दिन भित्रै बस्ने दलको बैठकले पुनः औपचारिक रुपमै भन्ने जानकारी दिए । उनले भने, ‘अहिले नेताहरुको काम परेर काठमाण्डौ तिरै हुनुहुन्छ, मुख्यमन्त्रीसहितका नेताहरु फर्किएपछि भने दलको बैठक बस्छ र स्पष्ट निर्देशन दिन्छ । नमान्नेलाई दलको विधान बमोजिम कारबाही हुन्छ ।’

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved