‘ओली नसच्चिए सडक आन्दोलन चर्किन्छ’

  • फागुन २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ नेकपा (प्रचण्ड–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mनो कदमलाई तत्काल नसच्याए आगामी दिनमा सडक आन्दोलन चर्किने बताएका छन् ।
अध्यक्ष नेपालले शनिबार सञ्चारकर्मीहरूसँग बोल्दै यस्तो बताएका हुन् । २६ औँ जनयुद्ध दिवसको अवसरमा इटहरी–१९ को भवानीपुरस्थित शहीद स्मृति आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनपछि उनी सञ्चारकर्मीहरूसँग बोल्दै थिए ।

त्यसक्रममा उनले प्रम ओलीले संविधान मिच्दै संसद् विघटन गरेर मुलुकलाई दुर्घटनाको खाडलमा पु¥याएको र यसले गर्दा वर्तमान राजनीतिक अवस्था नै गञ्जागोल बन्न पुगेको धारणा राखे ।

मुलुकलाई ठूलो दुर्घटना हुनबाट जोगाउन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र आपूm नेतृत्वको नेकपाले अब सडक सङ्घर्ष चर्काउने र सडकबाटै ओलीलाई पुरानै स्थितिमा ल्याउने पनि उनको भनाइ छ । उनले ओली पुरानो कालका श्री ३ र जङ्गबहादुर बन्ने कोशिस गरिरहेकाले अब तिनको शासन अन्त्य भएको र त्यस्तो शैलीलाई जनताले नस्वीकार्ने जिकीर पनि गरे ।

सोही कार्यक्रममा नेकपाकी नेतृ तथा पूर्व राज्यमन्त्री रामकुमारी झाँक्रीले मुलुकको अस्तित्व जोगाउन निडर भएर बोल्दा प्रहरी लगाई आपूmलाई थुनामा राखेर प्रधानमन्त्री ओलीले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाइन् ।

प्रहरीले पक्राउ गरे पनि आपूm संविधानविपरीत काम गर्ने ओलीविरूद्ध बोल्न नछाड्ने उनको भनाइ छ । पछिल्लो समय निकै चर्चामा रहेकी नेतृ झाँक्रीले सडकबाट भए पनि संसद् पुनःस्थापना गराएरै छाड्ने र सम्माननीय अदालतले पनि आपूmहरूकै पक्षमा पैmसला गर्ने विश्वास रहेको बताइन् ।

त्यस्तै, अर्का नेता वर्षमान पुनले जनताबाट पाएको दुई तिहाइ मतलाई प्रम ओलीले दुरूपयोग गरेको आरोप लगाउँदै अब सजाय पनि जनताबाटै पाउने बताए । उनले संविधानविपरीत चालिएको कदमको विरोध गर्दै गणतन्त्र स्थापनाका लागि शहीदहरूले गरेको बलिदान सधैँ स्मरणयोग्य रहने धारणा राखे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीको अध्यक्षतामा भएको थियो ।

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

भोजपुरको ऐतिहासिक ‘ग ...

भोजपुर/ धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको भोजपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved