राष्ट्रिय एकताका लागि नेकपाको एकता आवश्यक :पर्यटनमन्त्री भट्टराई

  • मंसिर १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

झापा । मुकुलको राष्ट्रिय एकता बचाउन नेकपाको एकता आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तलमाथि भए संविधान च्यात्नेहरुको मनोवल बढेर जाने उनको भनाई छ । झापाको विर्तामोडमा एक होटलको उदघाटन गर्दै मन्त्री भट्टराईले भने, ‘हिजो मधेश र पहाडको बीचमा आन्दोलन गर्ने र पूर्व र पश्चिमको बीचमा समेत आगो बल्ने काम भएकाले नेकपा फुट्ने होइन जुटेर जानु पर्छ ।’

नेकपामा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको उनले बताए । भूतप्रेत भनेर उनले राजाबादीहरुप्रति संकेत गरेका हुन् ।

झापाको बिर्तामोडमा सिदार्थ होटल ग्राण्ड सीटी प्रा.लिको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेकपाको सचिवालय बैठकले विवाद मिलाउन नसकेको खण्डमा सचिवालयमा रहेका पदाधिकारीहरुले कडा कदम चाल्ने चेतावनी समेत दिए ।

गलत अतिवादी सोच भएकाहरुलाई नेकपाले अघि आउन नदिने मन्त्री भट्टराईको भनाई छ । उनले नेकपा बीच केन्द्रमा नै भएकाले गलत अतिवादी सोच भएकाहरुलाई अघि आउन दावी गरे ।

नेकपाको एकता प्रधानमन्त्री केपी शर्मा ओलीलाई बचाई राख्न र प्रचण्डलाई अध्यक्ष बनाई राख्न नभएको धारणा राखे । उनले नेकपाभित्रको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा नेकपा अघि बढ्ने विश्वास व्यक्त गरे ।

सरकारले केही गरेन भन्दै नेकपा सरकारको आलोचना गर्नेहरु पूर्वाग्रही भएको उनको भनाई थियो । भनेको बेला भेन्टिलेटर नपाउँदा, खोजेको बेला आइसीयु नपाउँदा सर्वसाधारण जनतामा केही असन्तुष्टि हुनु स्वाभाविक भए तापनि सरकार सुतेर बसेको छ जस्तो गरी आरोप लगाउनेहरुले आफ्नो विगत हेर्नुपर्ने उनको टिप्पणी थियो ।

उनले भने, ‘वुहानबाट स्वदेश फर्केका विद्यार्थीको स्वाव संकलनका लागि हङकङ पठाउनु परेको धेरै भएको छैन, आज मुलुकका ७० वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ, हिजो सबैभन्दा लामो समय सत्तामा बसेकाहरुबाटै अहिले केही भएन भनेको सुन्दा अचम्म लाग्छ, हिजो उहाँहरुले कमसेकम २० वटा पीसीआर प्रयोगशाला बनाएर छाडेको भए हुन्थ्यो नि, किन केही नगरेको ?’

विश्वका चीन लगायत थोरै मुलुकले मात्र कोरोना कालमा आफ्नो अर्थतन्त्रको विकासलाई धेरै तल गिर्न नदिएको चर्चा गर्दै उनले विश्व बैङ्कको प्रतिवेदन अनुसार अहिले नेपालले यस्तो संकटका बेला पनि २ दशमलब ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको बताए ।

कोभिड १९ को सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रले खेप्नु परेको उल्लेख गर्दै उनले पर्यटन व्यवसायलाई उठाउनका लागि सरकारले रु. ५० अर्बको पुनकर्जा कोष स्थापना गरेको स्मरण गराए ।

मन्त्री भट्टराईले ५० करोड रुपैयाँको लागतमा तयार गरिएको होटलको उदघाटन गरेका हुन् । सिदार्थ हस्पिटालिटीले होटल ग्राण्डसीटी संग व्यवसायीक साझेदारी गर्दै सञ्चालनमा ल्याएको होटलको उदघाटन गरेका हुन् ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved