इटहरीमा प्रचण्ड–नेपाल समूहको प्रदेशस्तरीय अलग भेला

  • मंसिर १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फायल फोटो ः नेकपा विराटनगर महानगर कमिटी सपथ ग्रहणको समारोह ।

विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेता नेपाल निकटका केन्द्रीय सदस्यले सुनसरीको इटहरीमा अलग्गै भेला आयोजना गरेका छन ।

प्रदेश १ स्तरीय भेलाका रुपमा केन्द्रीय नेताको सहभागितामा प्रदेशस्तरीय नेतृत्वले अलग्गै भेला आयोजना गरेका हुन । केहीअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूँ निकटका प्रदेशस्तरीय नेता कार्यकर्ताहरुसंग भर्चुअल छलफल आयोजना गरेका थिए । ओलीको छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि सहभागी थिए ।

सुनसरीमा गोप्य रुपमा आयोजना गरिएको भेलामा भूगोलका इन्चार्ज र सहइन्चार्जसहित प्रदेशका नेता कार्यकर्ता सहभागी थिए । इटहरीको साथी पेट्रोल पम्प अगाडिको इटहरी ब्यांकेटमा भेला भएका नेता कार्यकर्ताले पार्टीमा उत्पन्न समस्याको विश्लेषण गर्दै प्रधानमन्त्री केपी ओलीका पछिल्ला गतिविधिको विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रम ओलीले भर्चुअल्ली आफ्नो समूह मात्र गरेको छलफललाई काउन्टर दिने गरी प्रचण्ड–नेपाल सूमहले भौतिक रुपमै उपस्थित भई छलफल गरेका हुन । छलफलमा प्रचण्ड निकट पूर्वमन्त्री तथा नेकपा केन्द्रीय सदस्य शिवकुमार मण्डल प्रमुख अतिथि थिए ।
नेकपा मोरङका सहइन्चार्ज तथा प्रदेश सदस्य महेश रेग्मीले यो छलफल पार्टीलाई मजबुत बनाउने विषयमा केन्द्रीत भई आयोजना गरिएको दाबी गरेका छन । रेग्मीले भने,“हामीले अब हुने केन्द्रीय समिति र स्थायी कमिटीको बैठकमा उठाउनु पर्ने विषयमा तलको जिज्ञासा अनि सुझाव लिनेदिने काम गरेका हौं ।”

नेता रेग्मीले अहिले पार्टी निक्कै अफ्ठेरो अवस्थाबाट गुज्रिरहेको भन्ने पार्टीको तल्लो नेतृत्वको समेत बुझाई रहेकोले पार्टीलाई कुनै पनि हालतमा फुट्न दिन नहुने सुझाव आएको बताए ।

आफूहरु एकताको पक्षमा रहेको र यत्रो मेहनत गरेर एक बनाएको पार्टीलाई बिग्रन नदिन सचिवाल तथा स्थायी कमिटीको बैठकमा लैजान सुझाव आएको रेग्मीको भनाइ छ ।

“प्रदेशस्तरबाट उठेका विषयलाई कसरी सचिवाल र केन्द्रीय कमिटी बैठकमा लैजाने त्यो प्रस्ट हुनुपर्छ भनिएको छ,”रेग्मीले भने,“यो कुरा माथि फोन गरेर लैजाने हो कसरी नेतालाई भन्ने हो त्यो हुनुपर्छ भन्ने ढंगले सुझाव आएको छ ।” बैठकमा प्रचण्ड र नेपाल निकटका नेता प्रतिनिधिमुलक ढंगको सहभागिता रहेको रेग्मीले जानकारी दिए ।

 

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved