प्रदेश १ मा मोरङमा सबैभन्दा धेरै कोरोना संक्रमित

  • कार्तिक १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा तीव्र गतिमा फैलिरहेको कोरोनाको संक्रमण मुख्यत मोरङमा केन्द्रीत भएको तथ्यांकले देखाएको छ ।
परीक्षण भई कोरोना पोजेटिभ भएकाहरुको तथ्यांकले संक्रमण मोरङ र त्यसमा पनि प्रदेश राजधानी विराटनगर केन्द्रीत भएको देखिन्छ ।

प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कको पछिल्लो तथ्यांकअनुसार प्रदेशभर कूल संक्रमितको संख्या १९ हजार ७९१ पुगिसकेको छ । तीमध्ये मोरङमा मात्र संक्रमितको संख्या ९ हजार ३५२ जना छ । जिल्लामा कोरोना संक्रमणबाट ७० जनाले ज्यान गुमाई सकेका छन ।

प्रदेशको आंकडा हेर्दा कूल संक्रमितमध्ये ४७ दशमलब २५ प्रतिशत मोरङका छन । मोरङमा ५ हजार ६४१ ज्ना डिस्चार्ज भएका छन भने ३ हजार ६४१ सक्रिय संक्रमित छन ।

मोरङ पछि संक्रमितको संख्या सुनसरीमा धेरै छ । जिल्लाका कूल ६ हजार ५२९ संक्रमितमध्ये ३ हजार ७७३ जना डिस्चार्ज भईसकेका छन । अब संक्रमितको संख्या ३ हजार ६९० जना छ । सुनसरीमा संक्रमणबाट हालसम्म ६६ जनाले ज्यान गुमाईसकेका छन ।

झापामा सक्रिय संक्रमितको संख्या १ हजार ८४ जना छ । जिल्लामा कूल २ हजार २९८ जनामा संक्रमण देखिएकोमा १ हजार १८२ जना डिस्चार्ज भईसकेका छन । मृतकको संख्या ३२ पुगेको छ । प्रदेश १ मै पहिलो पटक कोरोना देखिएको उदयपुर जिल्लामा २२४ जनामा कोरोना संक्रमण देखिएको छ । १९५ जना डिस्चार्ज भई हाल सक्रिय संक्रमितको संख्या १२५ जना छ । उदयपुरमा कोरोना संक्रममणबाट हालसम्म दुई जनाले ज्यान गुमाएका छन । प्रदेश राजधानी विराटनगरका कोरोना संक्रमितको संख्या ५ हजार ३३१ जना पुगेको छ ।

प्रदेशका पहाडी र हिमाली जिल्लाहरुमा तुलनात्मक रुपमा कम कम संक्रमण देखिएको छ । कतिपय जिल्लाहरुमा आउजाउमा समेत पालिकाहरुले कडिकडाउ गरेका कारण संक्रमण गाउँस्तरसम्म पुगेको छैन ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved