स्थानीय प्रशासनले धनकुटामा निषेधाज्ञा घोषणा

  • कार्तिक ४, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा/ चाड पर्वको समयमा भीडभाड भई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले धनकुटामा निषेधाज्ञा घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले सुचना जारी गर्दै दशै, तिहार, छैठ लगायतका पर्वहरुमा पूजा, प्रार्थनाका लागि मठ, मन्दिर सहितका शक्तिपिठहरुमा विगत वर्षहरु जस्तो हर्षोल्लासका साथ पूजा आराधना गर्ने अवस्था नरहेकाले कात्तिक ३ गतेदेखि कात्तिक १५ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको बताईएको छ । स्थानीय प्रशासन ऐन, २०२० र संक्रामक ऐन, २०२० बमोजिम जारी गरिएको निषेधाज्ञा कसैले उल्लंघन गरेमा प्रचलित कानुन र संक्रामक रोग ऐन अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए ।

निषेधाज्ञाको समयमा जिल्लाका सबै नगर तथा गाउँपालिकामा रहेका शक्तिपिठ, मन्दिर, मस्जिद, चर्च, गुम्बाहरुमा दैनिक गरिने नृत्य पाठपूजा, प्रार्थना बाहेक सामुहिक रुपमा भेला भई कुनै पनि कार्य गर्न पाईने छैन । त्यस्तै चाडपर्वको अवसर पारेर सामुदायिक रुपमा भेला भई शुभकामना आदान प्रदान जस्ता कार्य निषेध गरिएको छ भने जिल्लाभरी बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म आवत जावतमा पनि निषेध गरिएको छ । तर राजमार्गमा चल्ने लामो दुरी र अत्यावश्यक सेवाका सवारी साधनहरु भने निर्वाध रुपमा संचालन हुने प्रमुख जिल्ला अधिकारी विमलीले बताए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved