यात्रुवाहक सवारी साधनमा नयाँ मापदण्ड

  • कार्तिक १, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । जिल्ला भित्रिने लामो दुरीको यात्रुवाहक सवारीसाधनहरु बिहान ९ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने सुनसरी जिल्ला स्थित कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (डिसिसिएमसि) बैठकले निर्णय गरेको छ ।

आइतबारदेखि लागु हुने गरि सुनसरी जिल्लाबाट छुट्ने लामो दुरीका यात्रुवाहक सवारीसाधनहरु पनि बिहान ७ बजेभित्र गन्तव्यतर्फ प्रस्थान गरिसक्नुपर्ने निर्णय बैठकले गरेको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले छोटो दुरीका बस, कार, जिप, म्याजिक, टेम्पो, माइक्रो, ई रिक्सा, मोटरसाइकललाई जोरविजोर प्रणालीमा मात्र सञ्चालन गर्ने पनि निर्णय गरेको छ । यसको व्यवस्थापन १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले गर्ने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

यसैगरि, मुल सडक, बजार तथा बसपार्क क्षेत्रमा स्थानीय तहको अनुमतिमा सञ्चालन भएका बसपार्कमा कुनै पनि सवारी साधन पार्किङ गर्न नपाईने पनि निर्णय बैठकले गरेको छ । फुटपाथ, गुद्री जस्ता स्थानमा हुने व्यापार व्यवसाय सञ्चालनमा स्थानीय तहको समन्वयमा पुर्णरुपमा रोक लगाउने पनि निर्णय भएको छ ।

होम आइसोलेसनमा रहेका संक्रमितहरुको स्वास्थ्य निगरानी, स्वास्थ्य परामर्श र विरामीको आवश्यकता अनुसार अस्पताल पु¥याउने काममा स्थानीय तहबाट स्वास्थ्यकर्मी परिचालन गर्ने तथा टोलटोलमा जनचेतनामुलक कार्यक्रम स्थानीय तहले तीब्रगतिमा गर्ने पनि निर्णय भएको छ । यस्तै, सुनसरीमा कोरोना संक्रमण उच्च दरमा फैलिरहेकोले इनरुवा अस्पतालबाट प्रदेशको कोभिड अस्पताल, विराटनगर र गोठगाउँमा काजमा खटिएका स्वास्थ्यकर्मीलाई काजफिर्ता गर्न सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्ने पनि निर्णय भएको छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved